खेलकुदमंगलबार, भाद्र २४, २०७१

यु–१६ क्रिकेट टोलीलाई जनही ५० हजार

हिमालखबर

यु–१६ टोलीका कान्छा सदस्य १३ वर्षीय स्पिनर अनिल खरेल खेलकुद मन्त्रीबाट सम्मान ग्रहण गर्दै । तस्वीरः रासस

युवा तथा खेलकुद मन्त्रालयद्वारा २४ भदौमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यु–१६ टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव युवराज लामा, मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चुडामणि पौडेलले संयुक्तरुपमा १४ खेलाडीसहित मुख्य प्रशिक्षक वसन्त शाही, सहायक प्रशिक्षक राजु बस्नेत र व्यवस्थापक रामजी तामाङलाई सम्मानस्वरुप जनही रु ५० हजार प्रदान गरे ।

कार्यक्रममा मन्त्री पौडेलले खेलकुद क्षेत्रमा सरकारको लगानी पर्याप्त नभएको भन्दै यस विषयमा सरकारसँग गम्भीर छलफल गर्ने बताए ।

मलेशियामा गत अगष्ट १२ देखि २१ तारेखसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालले उक्त उमेर समूहमा पहिलोपटक उपाधि हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>