Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अमेरिका जान लागेका ३४ नेपाली कोस्टारिकामा पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र २५, २०७१

अमेरिका जान लागेका ३४ नेपाली कोस्टारिकामा पक्राउ

हिमालखबर

तस्वीर साभार: सार्वजनिक सुरक्षा मन्त्रालय कोस्टारिका

विगत तीन दिनभित्र अवैध रुपमा कोस्टारिका प्रवेश गरेका ३६ जना विदेशी नागरिकलाई पक्राउ गरेको कोस्टारिकाको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ । जसमध्ये ३४ जना नेपाली र २ जना बंगाली छन् ।

गत शुक्रबार दुई बंगलादेशी र ७ जना नेपालीलाई सेन्ट्रल प्यासिफिक कोस्टबाट पक्राउ गरेको प्रहरीले सोमबार पनामासँग सीमा जोडिएको पासो क्यानोसबाट २५ जना नेपालीलाई पक्राउ गरेको स्थानीय पत्रिका द टिको टाइम्सले जनाएको छ ।

पक्राउ परेका सबैसँग पासपोर्ट लगायतका कुनै पनि कागजात नभएको त्यहाँको प्रहरीले जनाएको छ ।

कोस्टारिकाको सुरक्षा मन्त्रालयले पक्राउ परेका सबैको अन्तिम गन्तव्य अमेरिका रहेको खुलेको पनि जनाएको छ ।

कोस्टारिकाको राष्ट्रिय प्रहरीका क्षेत्रीय निर्देशक जोस डोमिगो क्रुजले पक्राउ परेका सबै भाडाको टहरोमा बसेका बेला पक्राउ परेको बताएका छन् ।

शुक्रबार कोस्टारिकाको समुद्री किनार छेउको शहर ज्याकोमा नियमित चेकजाँचका क्रममा एउटा जीपमा रहेका ९ जना पक्राउ परेपछि मानव तस्करहरुले अवैधरुपमा कोस्टारिका भित्र्याएका आप्रवासी खोजीका लागि प्रहरीले अभियान नै चलाएको छ ।

पक्राउ परेकाहरु निकारागुआ हुँदै अमेरिका जाने योजनामा रहेको प्रहरीले जनाएको छ । उक्त जीपको चालकलाई मानव वेचविखनको आरोपमा पक्राउ गरिएकोे छ ।

कोस्टारिकाका सार्वजनिक सुरक्षा मन्त्री सेल्सो गाम्बोआले प्रेस विज्ञप्ति जारी गर्दै मानव तस्करहरुले निकारागुवा र पनामा जानका लागि कोस्टारिकालाई रुट बनाएको बताएका छन् । उनीहरुको अन्तिम गन्तव्य संयुक्त राज्य अमेरिका हुने पनि उनले उल्लेख गरेका छन्

यसरी कोस्टारिकालाई मानव तस्करीको ‘रुट’ बनाउने र त्यस्तो कार्यमा संलग्नहरुलाई पत्ता लगाई कार्वाही गर्न कोस्टारिका सरकारले तयारी गरेको पनि ‘द टिको टाइम्स’ ले जनाएको छ ।

पक्राउ परेका नेपाली नागरिकहरुलाई स्थानीय स्वास्थ्य संस्थामा परीक्षणपछि अध्यागमन अधिकारीलाई बुझाइएको मन्त्री गाम्बोआले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>