Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सभासदलाई अङ्ग्रेजी पढाउने तयारी - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र २५, २०७१

सभासदलाई अङ्ग्रेजी पढाउने तयारी

हिमालखबर

संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति मातहतको तालिम, गोष्ठी, कार्यशाला र अन्तरक्रिया व्यवस्थापन उपसमितिले सभासद्हरुलाई अङ्ग्रेजी भाषाको ज्ञान दिलाउन कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

बैठकमा सदस्यबाट व्यक्त भावनालाई ध्यानमा राखेर उपसमितिले दशै लगत्तै अङ्ग्रेजी भाषाको बोलाइ तथा सिकाइसम्बन्धी तालिम सञ्चालन गर्न थालेको हो ।

यस्तो तालिम तथा प्रशिक्षणबाट सभासद्हरुको अन्तर्राष्ट्रिय भाषाको ज्ञान सम्बन्धमा क्षमता अभिवृद्धि भई विश्वका कतिपय संविधानमा भएका प्रावधानबारेमा जानकारी हासिल गर्न मद्दत मिल्ने उपसमितिको विश्वास छ ।

बैठकमा अङ्ग्रेजी भाषाको तालिम विज्ञ सभासद् र सचिवालयका कर्मचारीले दिने व्यवस्था गर्न सदस्यहरुले माग गरेका थिए ।

उपसमितिका सदस्य लक्ष्मी राईले आफूसँग लामो समयसम्म कलेज पढाएको अनुभव भएकाले सभासद्का लागि दिने अङ्ग्रेजी भाषाको तालिम निःशुल्क प्रदान गर्ने घोषणा गरिन् ।

बैठकमा सभासद्हरुले क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने ल्यापटप र इन्टरनेट सुविधा प्राप्त गर्ने सम्बन्धमा भइरहेको प्रगतिका बारेमा सचिवालयका पदाधिकारीसँग जानकारीसमेत लिएका थिए ।

संविधानसभाको कार्यतालिकाअनुसार २१ भदौभित्र दिएको जिम्मेवारीअनुसार माग पहिचान गरी सम्पादन र परिमार्जनसमेत गरेर प्रतिवेदन बुझाइसकेको हिमलाल सुवेदीले जानकारी दिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>