खेलकुदबुधबार, भाद्र २५, २०७१

सर्वोत्कृष्ट घोषित लामालाई यामाहा मोटरसाइकल

हिमालखबर

तस्वीर साभार: गोल नेपाल डट कम

फाइनलमा झापा–११ सँग पराजय ब्यहोरेको संकटाका खेलाडी सुमन लामाले एन्फा कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधिसँगै यामाहा मोटर साइकल प्राप्त गरेका छन्

प्रतियोगिताका उत्कृष्ट फरवर्ड भने झापाका विशाल राई घोषित भए ।

त्यस्तै संकटाका बर्षात गुरुङ्ग उत्कृष्ट मिडफिल्डर, झापाका देवेन्द्र तामाङ उत्कृष्ट डिफेण्डर र झापाकै दिनेश थापामगर उत्कृष्ट गोलरकिपर घोषित भए । त्यसैगरी झापाका भगिरथ आले उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही रु ५० हजार पुरस्कार प्राप्त गरेका छन् ।

एन्फाकप फाइनलमा झापा ११ ले संकटालाई ४–० ले हराएर उपाधि कब्जा गरेको छ ।

दीपेन्द्र सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>