Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गरिबी निवारणसम्बन्धी सबै कार्यक्रमलाई एकीकृत गरिने - Himalkhabar.com

अर्थ/बजारबुधबार, भाद्र २५, २०७१

गरिबी निवारणसम्बन्धी सबै कार्यक्रमलाई एकीकृत गरिने

हिमालखबर

गरिबी निवारणका कार्यक्रम धेरैतिर छरिँदा प्रभावकारी हुन नसकेको भन्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबी निवारणसम्बन्धी सबै कार्यक्रमलाई एकीकृत गरी सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा सञ्चालित गरिबी निवारण कोष, अर्थ मन्त्रालयद्वारा सञ्चालित युवा तथा साना व्यवसायी स्वरोजगार कोष र स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित गरिबसँग विशेश्वरलगायतका गरिबी निवारणसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

त्यसैगरी कृषि मन्त्रालयबाट सञ्चालित युवा लक्षित कृषि कार्यक्रम पनि रोजगारी विस्तार तथा गरिबी निवारणमा नै केन्द्रित छ भने राष्ट्रिय योजना आयोगले पनि राष्ट्रिय स्वयमसेवक सेवालगायत विभिन्न समयमा ६ वटा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले गरिबी निवारणको नाममा विविध कार्यक्रम फरक–फरक निकायबाट सञ्चानल भइरहेको अवस्थामा समन्वयको अभावले गर्दा प्रभावकारी बन्न नसकेको बताए ।

सरकारका विभिन्न मन्त्रालयमा सञ्चालित त्यस्ता कार्यक्रमलाई एकीकृत गर्ने गरी प्रभावकारी संयन्त्र मार्फत सञ्चालन गरिनुपर्नेमा जोड दिँदै अधिकारीले त्यसका लागि आवश्यक पर्ने योजना तयार पर्ने बताए ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले यस विषयमा विस्तृत अध्ययन गरेर औपचारिक प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका अनुसार कुल जनसङ्ख्याको २४.८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । त्यस्तो गरिबी शहरमा १५.५ प्रतिशत र ग्रामीण क्षेत्रमा २७.५ प्रतिशत रहेको छ ।

गरिबी हिमालमा ४२ प्रतिशत, पहाडमा २४ प्रतिशत र तराईमा २३ प्रतिशत रहेको छ । सुदूरपश्चिममा सबैभन्दा बढी गरिबी रहेको र जातीयरुपमा दलितमा त्यस्तो प्रतिशत उच्च रहेको अध्ययनले देखाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>