Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाबु कोमामा, आमाले छाडिन् तीन बच्चाको बिचल्ली - Himalkhabar.com

थप समाचारबिहीबार, भाद्र २६, २०७१

बाबु कोमामा, आमाले छाडिन् तीन बच्चाको बिचल्ली

रासस

रोजगारका लागि साउदी अरब पुगेका भक्तपुर, चाँगुनारायण–७ मिजार गाउँका ४० वर्षीय रामकृष्ण सार्की विरामी भई कोमा (लामो समयसम्म अचेत) को अवस्थामा फर्काइएपछि उनको परिवारको विचल्ली भएको छ ।

जुत्ता सिलाउने कामकै लागि साउदी अरबको कारखानामा काम गर्न रामकृष्ण उता पुगे लगत्तै विरामी परी अस्पताल भर्ना भएका थिए । गत १६ वैशाखमा साउदीबाट सिधै वीर अस्पताल लगेर तीन महिना उपचार गर्दा चिकित्सकले अब निको हुँदैन भनेर फर्काएपछि दैनिक घरमा बाबुको कुरेर बसिरहनुपरेको जेठी छोरी सविताले बताइन् ।

अहिले उनका तीन सन्तानको बिचल्ली भएको छ ।

“बाबु बोल्न, चलमल गर्न नसक्ने गरी बिरामी परे, आमा अरुसँगै भागेर गइन्, बुबाको उपचारदेखि खानलाउनसमेत ठूलै समस्या प¥यो, हामी त बिचल्लीमा परेका छौँ’ आँसु झार्दै सविताले भनिन् ।

अस्पतालमा उपचार गर्दा लागेको रु तीन लाख अरबमा बस्दा कमाएको पैसा र गाउँलेले चन्दा सङ्कलन गरेर दिएको रकमबाट तिरेको बताउँदै रामकृष्णका ६६ वर्षीय बाबु चतुरे सार्की (मिजार) ले अहिले घरमा दैनिक एक हजार रुपैयाँ खर्च हुने गरेपनि आम्दामी नहुँदा ठूलो समस्या परेको बताए ।

जेठी छोरी सवितासँगै, १२ वर्षका छोरा सरोज, आठ वर्षकी छोरी सलिनाको दिनचर्या त्यही बाबुको स्याहार गर्न र गाउँमा चन्दा माग्दैमा बित्ने गरेको छ ।

चाँगुनारायणका समाजसेवी रमेश बुढाथोकीले बिरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँलेले चन्दा उठाएर सहयोग गर्दै आए पनि यसले समस्याको दीर्घकालीन समाधान नहुने बताए ।

तीन बच्चाको बिचल्लीमा परेकाले कसैले सहयोग गरिदिन्छ कि भनेर गाउँलेले नेपाल बैंक भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिए पनि कतैबाट सहयोग नजुटेको पनि बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>