रमझमबिहीबार, भाद्र २६, २०७१

ठेटका मर्मज्ञ

हिमालखबर

-ऋषिराम कट्टेल

भुवा गाउँ सिन्धुपाल्चोकका प्रेम लोप्चन साढे तीन दशकदेखि नेपाली लोकगीत र नृत्यमा क्रियाशील छन्। ३० वर्ष प्रहरीमा रहेका उनी ठेट नेपाली नाच–गानको क्षेत्रमा देशकै एक उम्दा कलाकार हुन्। चार वर्षअघि प्रहरी नायव निरीक्षक पदबाट अवकाश लिएका उनी सेवाकालमा लोक भाका र नृत्य खोज्दै नेपालका अनेक कुनाकन्दरा पुगे।

प्रेमलाई कृष्णचरित्र, सोरठी, मारुनी, च्याब्रुङ, साकेला, चुट्का, घाटु, धिमाल, मोसेर, सालैज्यो, होप्चा, झाँक्री लगायतका ठेट नृत्यका मर्मज्ञ भन्दा अत्युक्ति हुँदैन।

१३ वर्षको उमेरमा काठमाडौं आएका प्रेम प्रहरीहरुको पछिलाग्दै हरेक शुक्रबार हुने सांस्कृतिक कार्यक्रममा गाउन र नाच्न अगाडि सर्थे। प्रतियोगिताहरूमा पनि हरेक पटक प्रथम हुन थालेपछि उनले ब्याण्ड गुल्ममा संगीत सिक्ने अवसर पाए।

त्यसपछि त उनी प्रहरी कलाकार भइहाले। प्रेम भन्छन्, “त्यसरी पुलिस क्लबको सांस्कृतिक शाखामा कलाकार भएपछि गोपाल योञ्जनदेखि राजपाल थापा, सानेबहादुर राना र बुद्धि परियारसम्मका अग्रजहरूको सान्निध्यमा काम गर्न पाएँ।” अहिले ‘टिपिकल’ नेपाली नृत्यको औंलामा गन्न सकिने कलाकारमा पर्ने उनी लोक गायनमा पनि लोकप्रिय कलाकार हुन्।

उनका हिमालयन हिस्टोरी, डम्फु फ्रम हिमालय, कोदाको ढिंडो, सेलो जुहारी, सैलुङ्गे जुहारी, दर्शन भाग १ र २, चरिला कमाई, आम्मैलाला खैलाला लगायतका अल्बम अत्यधिक बिक्री भएका संग्रहमा पर्छन्। कलाकारको रुपमा हङकङ, सिंगापुर, जापान, कतार, अमेरिका लगायतका देश पुगेका उनी अहिले कम्पनी स्थापना गरेरै म्युजिक भिडियो निर्माणमा व्यस्त छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>