Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कोरियासँग नेपाल ४–१ ले पराजित - Himalkhabar.com

खेलकुदबिहीबार, भाद्र २६, २०७१

कोरियासँग नेपाल ४–१ ले पराजित

हिमालखबर

थाइल्याण्डमा जारी एएफसी कप फुटबल समूह चरणको तेस्रो खेलमा कोरियासँग पराजित भएपछि नेपाल क्वार्टर फाइनलमा नपुगिकनै बाहिरिएको छ भने यु-१७ को विश्वकप यात्रा पनि तुहिएको छ ।

क्वार्टर फाइनलमा पुग्न नेपालले उत्तर कोरियासँग कम्तिमा पनि बराबरी खेल्नु जरुरी थियो ।

यसअघि २४ भदौमा भएको खेलमा नेपालले कुवेतलाई २–१ को अन्तरले हराएको थियो भने त्यसअघि उजबेकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।
———————————————————————

यु–१६ फुटबलः बिमल बाहिरिए, हेमन्त पसे

एएफसी यू १६ च्याम्पियनसिप अन्तर्गत नेपाल र उत्तर कोरियाबीच जारी खेलमा उत्तर कोरियाले चार गोल गरेको छ भने नेपालले एक गोल फर्काएको छ ।

बिहीबार , २६ भदौ २०७१ ४:१८ पम
1

कोरियासँग ४ गोल खाएपछि नेपाली टोलीका प्रशिक्षकले कप्तान विमल घर्तीको ठाउँमा हेमन्त थापा मगरलाई मैदानमा उतारेका छन् । खुट्टमा चोट लागेका बिमललाई  खेलको ६८ औं मिनटमा  फिर्ता बोलाइएको हो ।

आजको खेलमा विमल घर्ती मगरले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका थिएनन् । उनले तीन वटा राम्रा मौका गुमाएका थिए ।

——————————————————————————————–

कोरिया- ४, नेपाल– १ (खेल जारी)

एएफसी यू १६ च्याम्पियनसिप अन्तर्गत नेपाल र उत्तर कोरियाबीच जारी खेलमा उत्तर कोरियाले चार गोल गरेको छ भने नेपालले एक गोल फर्काएको छ ।

बिहीबार , २६ भदौ २०७१ ३:३६ पम

एएफसी यु १६ च्याम्यिनसिप अन्तर्गत थाइल्याण्डमा जारी समूह चरणको तेस्रो खेलमा नेपालविरुद्ध उत्तर कोरियाले ४ गोल प्रहार गरेको छ भने नेपालले १ गोल गरेको छ ।

खेलको चौथो मिनेटमै पहिलो गोल गरेको कोरियाले २२ औं मिनटमा दोस्रो गोल गरेको हो ।

२६ औं मिनेटमा नेपालका अनन्त तामाङ्ले एक गोल गरे लगत्तै कोरियाले २७ औं मिनेटमा तेस्रो गोल गर्यो । पहिलो हाफको इञ्जुरी टाइममा कोरियाले अर्को गोल गरेको छ ।

नेपाली टोलीका कप्तान विमल घर्ती मगरले गोल फर्काउन तीन पटक गरेको प्रयास सफल हुन सकेन ।

क्वार्टर फाइनलमा पुग्न नेपालले कोरियासँग कम्तिमा पनि बराबरी खेल्नुपर्ने छ । नेपालले ४ गोल खाइसकेको अवस्थामा अब क्वार्टर फाइनलमा पुग्ने सम्भावना कम भइसकेको छ ।

यसअघि २४ भदौमा भएको खेलमा नेपालले कुवेतलाई २–१ को अन्तरले हराएको थियो भने त्यसअघि उजबेकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

———————————————————————————————-

कोरिया- ३, नेपाल– १ (खेल जारी)

एएफसी यू १६ च्याम्पियनसिप अन्तर्गत नेपाल र उत्तर कोरियाबीच जारी खेलमा उत्तर कोरियाले तीन गोल गरेको छ भने नेपालले एक गोल फर्काएको छ ।

बिहीबार , २६ भदौ २०७१ ३:१९ पम

एएफसी यु १६ च्याम्यिनसिप अन्तर्गत थाइल्याण्डमा जारी समूह चरणको तेस्रो खेलमा नेपालविरुद्ध उत्तर कोरियाले ३ गोल प्रहार गरेको छ भने नेपालले १ गोल गरेको छ ।

खेलको चौथो मिनेटमै पहिलो गोल गरेको कोरियाले २२ औं मिनटमा दोस्रो गोल गरेको हो ।

२६ औं मिनेटमा नेपालका अनन्त तामाङ्ले एक गोल गरे लगत्तै कोरियाले २७ औं मिनेटमा तेस्रो गोल गर्यो ।

नेपाली टोलीका कप्तान विमल घर्ती मगरले गोल फर्काउन तीन पटक गरेको प्रयास सफल हुन सकेन ।

क्वार्टर फाइनलमा पुग्न नेपालले कोरियासँग कम्तिमा पनि बराबरी खेल्नुपर्ने छ ।

यसअघि २४ भदौमा भएको खेलमा नेपालले कुवेतलाई २–१ को अन्तरले हराएको थियो भने त्यसअघि उजबेकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

———————————————————————————————————–

नेपालविरुद्ध कोरियाको दोस्रो गोल

एएफसी यू १६ च्याम्पियनसिप अन्तर्गत नेपाल र उत्तर कोरियाबीच जारी खेलमा उत्तर कोरियाले दुई गोल गरेको छ ।

बिहीबार , २६ भदौ २०७१ ३:११ पम

एएफसी यु १६ च्याम्यिनसिप अन्तर्गत थाइल्याण्डमा जारी समूह चरणको तेस्रो खेलमा नेपालविरुद्ध उत्तर कोरियाले २ गोल प्रहार गरेको छ

खेलको चौथो मिनेटमै पहिलो गोल गरेको कोरियाले २२ औं मिनटमा दोस्रो गोल गरेको हो ।

नेपाली टोलीका कप्तान विमल घर्ती मगरले गोल फर्काउन दुई पटक गरेको प्रयास सफल हुन सकेन ।

क्वार्टर फाइनलमा पुग्न नेपालले कोरियासँग कम्तिमा पनि बराबरी खेल्नुपर्ने छ ।

यसअघि २४ भदौमा भएको खेलमा नेपालले कुवेतलाई २–१ को अन्तरले हराएको थियो भने त्यसअघि उजबेकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

————————————————————————————————

नेपालविरुद्ध कोरियाको एक गोल

एएफसी यू १६ च्याम्पियनसिप अन्तर्गत नेपाल र उत्तर कोरियाबीच जारी खेलमा उत्तर कोरियाले एक गोल गरेको छ ।

बिहीबार , २६ भदौ २०७१ २:५६ पम

एएफसी यु १६ च्याम्यिनसिप अन्तर्गत थाइल्याण्डमा जारी समूह चरणको तेस्रो खेलमा नेपालविरुद्ध उत्तर कोरियाले १ गोल प्रहार गरेको छ ।

खेलको चौथो मिनेटमै कोरियाले गोल प्रहार गरेको हो । यो समाचार तयार पार्दा सम्म खेलको १२ औं मिनट सकिएको छ ।

क्वार्टर फाइनलमा पुग्न नेपालले कोरियासँग कम्तिमा पनि बराबरी खेल्नुपर्ने छ ।

यसअघि २४ भदौमा भएको खेलमा नेपालले कुवेतलाई २–१ को अन्तरले हराएको थियो भने त्यसअघि उजबेकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>