Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘क्यान सफ्टेक’ मेला शुरु - Himalkhabar.com

अर्थ/बजारबिहीबार, भाद्र २६, २०७१

‘क्यान सफ्टेक’ मेला शुरु

हिमालखबर

क्यान सफ्टेकमा नेपाल टेलिकमको स्टल । तस्वीर: रासस

कम्प्युटर एशोेसिएसन अफ नेपाल (क्यान)ले बर्सेनि आयोजना गर्र्दै आएको सफ्टवेयर सर्भिसेस र सोलुसनसम्बन्धी मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २६ भदौदेखि शुरु भएको छ ।

चारदिनसम्म सञ्चालन हुने मेलामा विभिन्न ६५ कम्पनीका १४२ कक्ष छन् ।

मेलाको उद्घाटन गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले क्यान सफ्टेक मेलाले सफ्टवेयर सर्भिस र सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

‘विज्ञान प्रविधि हाम्रो प्राथमिकतामा पर्नुपर्छ, राजनीतिक दल तथा सरकारले सूचना प्रविधिलाई कति महत्व दिएका छन् भन्ने कुरा मैले बारम्बार ध्यानाकर्षण गराउँदै आएको छु, “सरकार गठनका बेला दलहरूबीच गृह, अर्थलगायतका मन्त्रालयमा झगडा गर्छन् तर विज्ञान तथा प्रविधि, कानून जस्ता मन्त्रालय किन प्राथमिकतामा पर्दैनन् यस्ता कुरामा झक्झक्याउन जरुरी छ”, नेम्वाङले भने ।

सफ्टवेयर, सर्भिसेस, सोलुसन र कम्युनिकेसनको क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शन, यसको विकास एवम् विस्तारका लागि क्यानले सन् २००७ देखि बर्सेनि मेला आयोजना गर्दै आएको छ ।

मेलामा विभिन्न कम्पनीले आफ्ना उत्पादन र सेवामा आकर्षक छुट र अफरहरू सार्वजनिक गरेका छन् । केही कम्पनीले आफ्ना नयाँ उत्पादन यसै सफ्टेकमार्फत सार्वजनिक गर्ने जनाएका छन् ।

सफ्टेकमा एक लाख ५० हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>