खेलकुदशुक्रबार, भाद्र २७, २०७१

उपचारमा सहयोग गर्न राष्ट्रिय खेलाडीको आग्रह

हिमालखबर

सत्रौं एशियाली खेलकुदको तयारीका क्रममा दायाँ खुट्टाको लिगामेन्ट च्यातिएका बक्सर दीपक महर्जनले पटक–पटक राष्ट्रिय खेलकुद परिषद्लाई उपचार गराइदिन आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएकाले उपचारका लागि सम्पूर्ण खेलप्रेमी, उद्योगी, व्यवसायी र विभिन्न सङ्घसंस्थालाई सहयोगका लागि याचना गरेका छन् ।

२६ भदौमा काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा महर्जनले राष्ट्रका लागि ज्यान नै जोखिममा राखेर खेल खेल्दा घाइते भएपछि राज्यले बेवास्ता गरेको भन्दै गुनासो गरे ।

महर्जन चीनको ग्वान्जाऔमा सम्पन्न सोह्रौं एशियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक जित्ने खेलाडी हुन् ।

उनको उपचारका लागि करिब १४ लाख रकम आवश्यक पर्ने भए पनि सरकारले अहिलेसम्म रु सात लाख मात्रै दिएको उनले बताएका छन् ।

सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई एभरेस्ट बैंकको खाता नम्बर ००३००१०५२००३९० रहेको उनले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>