Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आँखा पाकेका प्रहरीलाई चश्मा लगाएर ड्युटी गर्न निर्देशन - Himalkhabar.com

थप समाचारशनिबार, भाद्र २८, २०७१

आँखा पाकेका प्रहरीलाई चश्मा लगाएर ड्युटी गर्न निर्देशन

हिमालखबर

अाँखा पाकेपछि चश्मा लगाएका प्रहरी निरीक्षक खनाल । तस्वीर: कमल रिमाल

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालसहित १२ जनालाई आंखा पाक्ने रोगले सताएको छ, उनीहरु जसोतसो ड्युटी गर्दैछन् ।

“आंखा पाक्यो, ज्वरो आयो एक दिन त सुत्नु नै पर्‍यो” खनालले भने, “आँखा दुःखेर झर्ला जस्तो हुन्छ निहुरिनु हुँदैन ।”

खनालका अनुसार आँखाको समस्याले ड्युटी गर्न नसकेर आराम गर्ने पाँच जना छन् भने सात जना कालो चस्मा लगाएर ड्युटी गर्दैछन् । यद्दपी अहिलेसम्म आँखा जाँच गराएर औषधी लिएका प्रहरी तीन जनामात्रै छन् । बाँकीले आँखा जँचाएका तीनजनाले ल्याएको औषधी प्रयोग गर्दैछन् ।

“आँखा पाक्ने समस्या रानीमा मात्रै हो अरु तिर छैन,” मोरङका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले भनmे “एउटै कार्यालयका धेरैका आंखा पाकेपनि बिरामीकै कारण काम रोकिने अवस्था आएको छैन ।”

ढकालले आंखा पाक्ने समस्या अरुमा सर्न नदिन सर्तकता अपनाउन निर्देशन दिएका छन् ।

“सेवाग्राहीलाई सर्न नदिने, आवश्यक्ता अनुसार उपचारमा जाने र कालो चस्मा लगाएर बस्ने भनेको छु’ उनले भने ।

किन पाक्छ आँखा
आँखा विभिन्न कारणले पाक्ने र यो रोग जुन सुकै बेला हुन सक्ने भए पनि विशेष गरी वर्षाका बेला र धुलो बढी उड्ने समयमा अाँखा पाक्छ । अंग्रेजीमा कन्जङ्टिभाइटिस भनिने यो रोग धेरै जसो धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइ कमीका कारण उत्पन्न भइरहेको चिकित्सकहरू बताउँछन् ।

वर्षाको समयमा ब्याक्टेरिया तथा भाइरस बढी सक्रिय हुने भएकाले यो रोग चाँडै फैलिन्छ ।

आँखा चिलाउन थाल्ने, आँसु आइरहने र आँखा रातो हुने लक्षण देखापर्ने बित्तिकै उपचार गरेमा एक सातामा निको हुने आँखा रोग विशेषज्ञ डिएन साह बताउँछन् ।

उनले आँखामा यस्ता समस्या आउनेबित्तिकै औषधि पसलमा गएर जथाभावी औषधि हाल्न नहुने पनि बताए ।

“आँखा विभिन्न कारणले पाक्ने भएकाले पनि सबैमा एकैखालको औषधि काम नलाग्न सक्छ,’ उनले भने ।

आँखा पाक्ने रोगका बिरामीले सार्वजनिक स्थल, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुने चिकित्सकको सल्लाह छ ।

समयमै उपचार भएन भने नानीमा घाउ हुने तथा आँसु आइरहने र लामो समयसम्म पनि औषधि नगरेमा आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सक साह बताउँछन् ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>