Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फाइन्डिङ फ्यानीः नयाँ कथा, फरक फिल्म - Himalkhabar.com

रमझमशनिबार, भाद्र २८, २०७१

फाइन्डिङ फ्यानीः नयाँ कथा, फरक फिल्म

हिमालखबर

‘फाइन्डिङ फ्यानी’ मा डिम्पल कपाडियाको नितम्ब ठूलो देखाइएको छ । तर फिल्म ‘फाइन्डिङ फ्यानी’ को रमाइलो यो भन्दा नितान्त भिन्दै छ । यो बलिउडको नियमित मसलाभन्दा फरक फिल्म हो ।

फिल्मका प्रत्येक पात्रहरु केही हराएको चिज खोजीरहेका हुन्छन् ।

नयाँ कथा, पात्रहरुको उत्कृष्ट अभिनय, पंकज कपुरको आँखाको संवाद प्रवाह, सबै हारेर बच्चाजस्तो देखिने बुढा नसिरुद्दिन शाहले दर्शकलाई बाँधीराख्छन् ।

दीपिका पादुकोण र अर्जुन कपुर पनि छन् फिल्ममा । वास्तविक जस्तो लाग्छ उनीहरुको अभिनय । फिल्ममा देखाइएको गोवाको गाउँ मुलधारका हिन्दी फिल्ममा देखाइने गाउँभन्दा पृथक छ ।

बुढा होउन वा जवान फिल्मका पात्रहरु सबै ‘अतृप्त’ छन् ।

एञ्जी (दीपिका) का पतिको बिहे भएको १५ मिनटमै मृत्यु हुन्छ, उसकी सासु रोजलिन पनि एकल छ । एञ्जीको बाल्यकालको साथी स्यावियो (अर्जुन) सँग भेट भए पनि पुरानो मित्रतासँगै पूरानो रिस  र नयाँ उल्झन छ ।

यो सबैका बीच एञ्जीको कौमार्य रक्षा गर्ने उसकी सासु रोजलिन छ । न त स्यावियोले नै अरु कुनै केटी साथी भेट्टाएको छ ।

फिल्ममा सन्की खालको चित्रकार डन पेड्रो (पंकज कपुर) पनि छ । जो एउटा अत्यन्त सुन्दर चित्र (मास्टर पिस) का लागि सुन्दरीको खोजीमा अतृप्त छ ।

फिल्ममा अतिशयोक्ति नभएको पनि होइन,  जस्तो  फेनीलाई खोज्न जानेहरुको संसारमा फोन, इन्टरनेट केही हुँदैन ।

तर लेखक– निर्देशक होमी अदजानियाले फिल्ममा एउटा बेग्लै संसारको रचना गरेका छन् । अतिशयोक्ति र अतार्किक विषय हुँदाहुँदै पनि फिल्मको कथा सहजरुपले अघि बढ्छ

फिल्मको कथा नयाँ ट्र्याकमा आउँछ जब, गाउँको बुढो हुलाकी फर्डी (नसिरुद्दिन) ले ४६ वर्षअघि प्रेमिका फ्यानीलाई विवाहको प्रस्ताव गर्दै लेखेको पत्र फिर्ता पाउँछ । उसको खबर अहिलेसम्म फ्यानीले नपाएको थाहा पाएपछि  फर्डीको मनमा फ्यानीलाई पाउने आशाको सञ्चार हुन्छ ।

सबै जना मिलेर फेनीको खोजीमा निस्कन्छन् ।

फिल्मका पाँच वटै चरित्र फरक फरक कारणले एक आपसमा जोडिएका छन् । सबैका आ–आफ्नै उद्देश्य छन् । प्रकटरुपमा पाँचै जना फ्यानीको खोजीमा निस्कन्छन् ।

यो खोजीमा कसैले मायालु भेट्टाउँछ, कसैले तितो सत्यलाई सामना गर्ने हिम्मत ।

‘फाइन्डिङ फ्यानी’ शहरी व्यक्तिवाद र एकान्तपनका विरुद्ध एउटा विद्रोह पनि हो । यहाँ सबैले एकअर्काको जीवनमा हस्तक्षेप गरिरहेका छन् । सामुदायिकताको सहारामा आफू भित्रको व्यक्तिको खोजीमा छन् ।

फिल्मका दुईवटा गीत ब्याकग्राउन्ड स्कोर जस्तै बज्छन् । दीपिकाको कमनीय हाँसो, लचिलो काया मोहक छ । अर्जुन कपुरले पनि उत्कृष्ट अभिनय गरेका छन् । फिल्मको संवाद परिहासयुक्त र सुन्दर छ । स्क्रिनप्ले चुस्त छ ।

फिल्ममा न त कुनै सन्देश छ न यथार्थ । निश्चित दर्शकलाई लक्षित गरी बनाइएको योे फिल्म सरस छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>