खेलकुदआइतबार, भाद्र २९, २०७१

एशियाली खेलकुदको फूटबलमा नेपाल पराजित

हिमालखबर

तस्वीर साभारः गोलनेपाल डट कम

दक्षिण कोरियामा २९ भदौमा भएको खेलमा नेपाली यु–२३ टोली इराकसँग पराजित भएको हो । १६ वर्षपछि एशियाली खेलकुदको फूटबलमा भाग लिइरहेको नेपाल ४–० गोलले पराजित भयो ।

सिनियर टोलीका तीन खेलाडी सम्मिलित नेपाली यु–२३ टोलीको कमजोर प्रदर्शन गर्‍यो । खेलको पहिलो हाफमै दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल व्यहोरेको थियो । एउटा गोल रोहित चन्दको खुट्टामा ठोक्किएर नेपाली गोलपोष्टभित्र छिरेको थियो ।

प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले १ असोजमा कुबेतसँग अर्को खेल खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...