Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जातीय राज्यको शब्दचित्र - Himalkhabar.com

रमझममंगलबार, आश्विन १६, २०६९

जातीय राज्यको शब्दचित्र

हिमालखबर

मृत्युमेला (कथा संग्रह)
लेखकः राजुबाबु श्रेष्ठ
प्रकाशकः रत्न पुस्तक भण्डार
मूल्यः रु.१७५ पृष्ठः १४९
“यिनीहरू जुन गाउँमा पस्छन्, पागल हात्ती जस्तो पस्छन् र गाउँमा कुटपिट, हत्या र बलात्कारको शृङ्खला चल्छ। म पनि यिनीहरूबाट बलात्कृत हुँ…”
जातीय गृहयुद्धले गर्दा सुडानमा थातथलोबाट लखेटिएर चियापसल चलाउँदै जीवन धानिरहेकी अमिनाको दर्दनाक पीडा उनिएको राजुबाबु श्रेष्ठको ‘मृत्युमेला’ शीर्षकको कथाले जातीय युद्ध र आन्तरिक शरणार्थीका पीडाको चित्र उतारेको छ। १५ वटा कथा समेटिएको नेपाल प्रहरीका डीएसपी श्रेष्ठको यो तेस्रो कथा संग्रहमा जागिरको क्रममा बेलायत, अमेरिका, सुडान र क्रोएसियामा पुग्दा भेटिएका पात्रहरू छन् ।
अफ्रिकी मुलुक सुडानको परिवेशमा रचिएका संग्रहका अधिकांश कथाले त्यहाँको गरीबी र जातीय समस्याका कारुणिक दृश्य देखाउँछन्। नेपाल प्रहरीको राष्ट्रसंघीय मिसनमा सुडान पुगेका श्रेष्ठले कथाको विषयवस्तु गृहयुद्धले आफ्नै भूमिमा शरणार्थी बनाएका हतभागीहरूको जीवनलाई बनाएका छन्। कहिले विद्रोहीबाट त कहिले सरकारी फौज र हतियारधारी समूहहरूबाट मारिने, लुटिने र बलात्कृत हुने नियति भोगेका दर्दनाक चित्र ती कथामा छन्। जातीय, क्षेत्रीय र धार्मिक विवादबाट जोगिन सजग गराउने श्रेष्ठका कथाहरू जातीय राजनीतिक द्वन्द्वमा फँस्न लागेको नेपालका लागि निकै सान्दर्भिक देखिन्छन्।

रामजी दाहाल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>