Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बालाकको सन्यास घोषणा - Himalkhabar.com

खेलकुदबुधबार, आश्विन १७, २०६९

बालाकको सन्यास घोषणा

Sandesh Panta

जर्मन राष्ट्रिय फुटबल टोलीका पुर्वकप्तान मिकेल बालाकले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । १७ वर्ष व्यावसायिक फुटबल खेलेका ३६ वर्षे बालाक अघिल्लो सिजनको अन्त्यसँगै क्लबविहिन रहँदै आएका थिए ।
बाएर लेभर्कुजनले उनीसँगको करार नबढाउने निर्णय गरेपछि ५ मेमा न्युर्न्बर्गविरुद्धको खेल नै उनको करिअरको अन्तिम खेल बन्न पुग्यो । अष्ट्रेलिया वा अमेरिकामा क्लब फुटबल खेल्ने चर्चा चलिरहेकै बेला उनको सन्यासको विज्ञप्ति प्रकाशित भएको हो ।
आफ्नो युगकै एक महान् जर्मन खेलाडी बन्न सफल बालाकले आफ्नो विज्ञप्तिमा भनेकाछन्, “३६ वर्षको उमेरमा पछाडि फर्केर हेर्दा एक उत्कृष्ट र लामो करिअर बनाएँ, जुन बाल्यकालमा कल्पना पनि गर्न सकिँदैनथ्यो ।”
विश्वस्तरीय प्रशिक्षक र अद्भूत खेलाडीहरुसँग खेल्न पाउनु सौभाग्य भएको बताउँदै उनी भन्छन्, “अब आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने सोच छ । मेरो परिवार, समर्थकहरु र मेरो सफलतामा साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।”
राम्रा “बक्स टु बक्स” मिड्फिल्डर र कुशल नेतृत्व दिने खेलाडी हुनुका साथ साथै उनी गोल गर्न पनि खप्पिस मानिन्छन् । राष्ट्रिय टोलीबाट ९८ खेल खेलेका उनी ४२ गोल गर्दै सर्वाधिक गोल गर्नेमा आठौँ स्थानमा रहेका छन् । बालाकले जर्मनीको जर्सी लगाउँदै सन् २००२ र २००६ को विश्वकप तथा सन् २०००, २००४ र २००८ को युरो कपमा सहभागिता जनाएका थिए ।
तर राष्ट्रिय टोली भन्दा उनको क्लब करिअर निकै सफल रहेको मान्न सकिन्छ । १९९७-९८ मा काइसर्स्लाउटर्नबाट पहिलो जर्मन लिग उपाधि जितेका उनले कुल ४ लिग उपाधि र ३ जर्मन कप जिते । काइसर्स्लाउटर्न पछि उनी बायर लेभर्कुजन तिर लागे जहाँ उनले ३ सिजन बिताए । २००१-०२ को सिजन भने उनको लागि बिर्सनयोग्य रह्यो । लेभर्कुजनबाट खेल्दै उनले जर्मन  बुन्डेस्लिगा, जर्मन कप तथा च्याम्पियन्स लिगमा उप-विजेता मै सिमित रहे भने २००२ मा दक्षिण कोरिया र जापानमा भएको विश्व कप फुटबलमा पनि दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भए । यद्यपी ब्राजिलसँगको फाइनल खेल मा भने उनी प्रतिबन्धित थिए ।
२००२ मा उनी बायर्न म्युनिख सँग अनुबन्धित भए । आफ्नो ४ वर्षे सुखद बसाइँका क्रममा उनले ३ बुन्डेस्लिगा र तीन जर्मन कप जितेका थिए ।
२००६ मा “फ्री एजेन्ट” को रुपमा चेल्सी आएका उनले ४ सिजनमा १ प्रिमियर लिग, ३ एफए कप र १ लिग कप उपाधी हात पारे । २०१० को एफए कप फाइनलमा पोर्ट्स्माउथका केविन प्रिन्स बोअटेङको ट्याकलले गोलीगाँठोको लिगामेन्ट च्यातिएका कारण चोटग्रस्त हुँदै उनी विश्वकप २०१० मा जर्मन टोलीको सदस्य हुनबाट बन्चित रहे ।
जर्मनीको सो विश्वकपमा राम्रो प्रदर्शन र मेसुट ओजिल र सामी खेदिरा जस्ता खेलाडीहरुको उदयका कारण राष्ट्रिय टोलीमा फर्कन उनलाई कठिन भयो । २०१०-११ मा पनि चोटले साथ नछोडे पछि जर्मन टोलीमा वापसीको सम्भावना लगभग समाप्त भयो । जर्मन फुटबल संघ ले उनलाई दुई मैत्रीपुर्ण खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय खेल संख्या १०० पुर्याउने प्रस्ताव दिए पनि प्रशिक्षक योआकिम लोउसँगको चिसो सम्बन्धका कारण उनले सो प्रस्तावलाई अस्विकार गरेका थिए ।
महत्त्वपुर्ण समयमा गोल गर्न क्षमतावान्,  प्रेरणादायी कप्तान र हठी मिडफिल्डरको रुपमा चिनिएका मिकेल बालाकलाई फुटबल प्रेमीहरु र विशेषत जर्मन टोली, बायर्न म्युनिख तथा चेल्सीका समर्थकहरुले सधैं सम्झिरहनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>