अर्थ/बजारबुधबार, आश्विन १, २०७१
७२ ठाउँमा सुपथ पसल
वाणिज्य तथा आपूर्ति मन्त्रालयले १ असोजदेखि सुपथ मूल्य पसलमार्फत् बिक्री वितरण शुरु गरेको हो । दशैं, तिहार, छठ लगायतका पर्वलाई ध्यानमा दिंदै साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त रुपमा पसल संचालन गर्न थालेका हुन् ।
ती संस्थानले राजधानीमा ९ र राजधानीबाहिर ६३ ठाउँमा सुपथ मूल्य पसल संचालनमा ल्याएका हुन् । दैनिक उपभोगका वस्तु सहज र सरल रुपमा उपभोक्ताले पाउन् भन्ने ध्येयले पसल संचालनमा ल्याइएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद विडारीले जानकारी दिए ।
वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले नेशनल ट्रेडिङ कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथमा सहुलियत दरका पसलको शुभारम्भ गरे । पसलबाट चारवटै संस्थानले बिक्री वितरण गर्दै आएका वस्तुहरू ग्यास, दाल, चालम, चिनी, नुन, तेल, घ्यू लगायतका सामग्री पाइने छन् ।