Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अफगान निर्वाचनमा नेपाली पर्यवेक्षक - Himalkhabar.com

थप समाचारबुधबार, आश्विन १, २०७१

अफगान निर्वाचनमा नेपाली पर्यवेक्षक

हिमालखबर

gopalkrishna२२ चैतमा भएको राष्ट्रपति निर्वाचनको परिणाम विवादास्पद भएपछि संयुक्त राष्ट्रसंघको निगरानी र अन्तर्राष्ट्रिय पर्यवेक्षणमा भएको पुनः मतगणनामा डा. शिवाकोटी एशियन नेटवर्क फर फ्री इलेक्सन (एनफेल) को प्रतिनिधिको रुपमा पर्यवेक्षक बनेका थिए।

निर्वाचनमा राष्ट्रपतिका ९ दावेदारमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएपछि पहिलो हुने डा. अब्दुल्लाह अब्दुल्लाह र दोस्रो भएका असरफ घानी अहमद जईबीच ‘रन अफ’ भिडन्त भएको थियो।

तर, पहिलो चरणमा ४६ प्रतिशत मत ल्याउने अब्दुल्लाहलाई ३४ प्रतिशत पाउने असरफले दोस्रो चरणमा ५६ प्रतिशत मतले पराजित गरेपछि अब्दुल्लाह पक्षले धाँधलीको आरोप लगाएको थियो।

बढी मत ल्याउने राष्ट्रपति र दोस्रो मत ल्याउने प्रमुख कार्यकारी भएर दुई वर्षभित्र संविधान संशोधन गरी प्रधानमन्त्रीमा रुपान्तरण हुने सहमतिका साथ अन्तर्राष्ट्रिय पर्यवेक्षणमा भएको पुनः मतगणनामा दुवै पक्षबाट गम्भीर धाँधली भएको देखिएको डा. शिवाकोटी बताउँछन्।

नेपालमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक) सँग आवद्ध उनी भन्छन्, “भोटर्स लिस्ट समेत नभएको अफगानिस्तानमा परिवारका महिला सदस्यको मत पुरुषले खसाल्ने मात्र होइन, मतदानका दिन जो गएर पनि मत हाल्ने काम हुँदोरहेछ।”

२० भदौमा सकिएको पुनः मतगणनाको परिणाम धाँधलीले गन्जागोल बनाएको केही क्षेत्रको मतपेटिकालाई के गर्ने भन्ने निर्णय भएपछि सार्वजनिक हुने भएको छ।

परिणाम जस्तो आए पनि दुवै उम्मेद्वारले जित्ने भएकोले पुनः मतगणनाको परिणाम आउने डा. शिवाकोटी बताउँछन्।
डम्बरकृष्ण श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>