खेलकुदबिहीबार, आश्विन २, २०७१

नेपाल फिफा वरियतामा १८३ औं स्थानमा, जर्मनी पहिलो

हिमालखबर

nepalविश्व फुटबलको नियमनकारी निकाय फिफाले प्रकाशन गरेको नयाँ वरियताक्रममा नेपाल १७ स्थान तल झर्दै १८३औ स्थानमा पुगेको छ ।

१३५ औं स्थानमा रहेको अफगानिस्तान ११ स्थान तल झरेर पनि दक्षिण एशियाली मुलुकहरूमा सबैभन्दा माथि छ।

यस्तै माल्दिभ्स १४५ औ, भारत १५८ औं, पाकिस्तान १७५ औं र श्रीलंका १७६ औं स्थानमा छन् ।

बंगलादेश १८१ औं स्थानमा छ भने भुटान २०८ औं स्थानमा छ।

विश्वकप च्याम्पियन जर्मनी वरियताको पहिलो स्थानमा छ भने अर्जेन्टिना दोस्रो र कोलम्बिया तेस्रो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>