अर्थ/बजारबिहीबार, आश्विन २, २०७१
पूर्वाञ्चलका १६ वटा उद्योगमाथि मुद्दा दायर
पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले २ असोजमा राजविराजमा आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०७०÷७१ मा सूर्यमुखी तेल, सोयाविन तेल, खानेपानी, मसला, बिस्कुट, चकलेट, चिया र डेरी गरी १६ उद्योगमाथि मुद्दा दायर गरिएको जानकारी दिएको छ ।
कार्यालय प्रमुख उपेन्द्र रायका अनुसार मोरङ, झापा, सप्तरी र सिरहामा सञ्चालित उद्योगबाट उत्पादित खाद्य वस्तुको नमुना सङ्कलन गरी जाँच गर्दा प्रतिकूल पाइएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ती उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो ।
कार्यालयले ५०० खाद्य वस्तुको नमुना सङ्कलन गरी अखाद्य पदार्थ उत्पादन गर्ने १६ वटा उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । थप उद्योगहरूको उत्पादनको परीक्षण भइरहेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>