रमझमशुक्रबार, आश्विन ३, २०७१

झुमाको ‘खासाम’ सार्वजनिक

हिमालखबर

सामाम विमोचन समारोहमा पालाम प्रस्तुत गर्दै कलाकारहरु ।

सामाम विमोचन समारोहमा पालाम प्रस्तुत गर्दै कलाकारहरु ।

२०६० सालमा लोक आधुनिक एल्बम ए साइला बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी झुमा लिम्बूको एल्बम खासाम  सार्वजनिक भएको हो । ललितपुरको यलमाया केन्द्रमा ३ असोजमा आयोजित कार्यक्रममा एल्बमको संगीतकार अम्बर गुरुङले विमोचन गरे ।

झुमाले लामो समय अध्ययन, अनुसन्धान गरेर तयार पारेको एल्बममा लिम्बू समुदायको जन्मदेखि मृत्युसम्मको संस्कारका लयहरु समेटिएका छन् । यसमा पालाम, हाक्पारे, ख्याली लगायतका मौलिक भाका छन् ।

एल्बममा समेटिएका पालाम, ख्यालीमा चारखोले, फेदापे, तम्बरखोले लगायतका भाका समेटिएको गायिका लिम्बूले जानकारी दिइन् । एल्बमका सबै गीतमा ट्याम्केलो, दमाहा, यलम्बर बाजा, एकतारे, पात बाजा, च्याब्रुङ, झ्याम्टा, बिनायो, बाँसुरी लगायतका बजाइएको छ ।

एल्बम सार्वजनिक कार्यक्रममा विभिन्न पालाम तथा हाक्पारे प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>