Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बिहारमा बीपी - Himalkhabar.com

ब्लगशुक्रबार, आश्विन ३, २०७१

बिहारमा बीपी

चन्द्रकिशोर

बिहारमा बीपी

तस्वीरहरुः चन्द्रकिशोर

वीपीको जन्मशताब्दी समारोहमा जनसहभागिता जुटाउन बिहार सरकारले त्यही दिन पटनाका अखबारमा प्रकाशित सूचना।

वीपीको जन्मशताब्दी समारोहमा जनसहभागिता जुटाउन बिहार सरकारले त्यही दिन पटनाका अखबारमा प्रकाशित सूचना।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मशताब्दी समारोह यहाँ सरकारी तहमा नमनाइएकोमा छिमेकी भारतको बिहारमा राजकीय रूपमा मनाइएको छ। बिहार सरकारले २४ भदौमा आयोजना गरेको जन्मशताब्दी समारोहमा मुख्यमन्त्री जीतनराम माझी, मन्त्री श्याम रजक लगायत राजनीतिकर्मी र समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो।

बिहारको राजधानी पटनाको मुख्य स्थल ऐतिहासिक ‘गोलघर परिसर’ मा दुई दशकअघि तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले स्थापना गरेको बीपीको पूर्ण कदको प्रतिमा छ। जसको अनावरण बीपी पत्नी सुशीलाको उपस्थितिमा भएको थियो। बीपी जन्मशताब्दी समारोह सोही ठाउँमा भएको थियो।

समारोहमा जनसहभागिता जुटाउन बिहार सरकारले त्यही दिन पटनाबाट प्रकाशित हुने सबै अखबारमा सूचना प्रकाशित गरेको थियो। मुख्यमन्त्री माझीले बीपीलाई भारतीय स्वतन्त्रता सेनानी र नेपालका प्रसिद्ध लोकतान्त्रिक राजनेता भन्दै प्रतिमामा माल्यार्पण गरे। बीपीले पनि आफ्नो आत्मवृत्तान्तमा पटनामा एकदशक भन्दा बढी बसेको तथा प्रधानमन्त्री हुँदा बिहारबाटै भारतको पहिलो भ्रमण सुरुआत गरेको उल्लेख गरेका छन्।

बीपीको प्रतिमामा माल्यार्पण गर्दै बिहारका मुख्यमन्त्री जीतनराम माझी।

बीपीको प्रतिमामा माल्यार्पण गर्दै बिहारका मुख्यमन्त्री जीतनराम माझी।

बीपी जन्मशताब्दीका आवसरमा पटनामा आयोजित कार्यक्रम।

बीपी जन्मशताब्दीका आवसरमा पटनामा आयोजित कार्यक्रम।

भारतीय स्वतन्त्रता संग्राममा महत्वपूर्ण मानिएको १९४२ को ‘भारत छोडो आन्दोलन’ को क्रममा उनी भारतीय नेता राजेन्द्रप्रसाद (प्रथम भारतीय राष्ट्रपति), श्रीकृष्ण सिंह (बिहारका पहिलो मुख्यमन्त्री) सँगै हजारीबाग र बाँकीपुर जेलमा बसेका थिए। २००७ सालको नेपाली कांग्रेसको आन्दोलनमा पनि उनले पटनालाई नै हेडक्वाटर बनाएका थिए। स्वनिर्वासन बस्दा पनि त्यहाँ उनको आवतजावत बाक्लो रहयो।

मेलमिलापको नीति लिएर नेपाल फर्किंदा बीपीलाई उनका मित्र तथा समाजवादी आन्दोलनका ‘टावरिङ पर्सनालिटी’ जयप्रकाशनारायणले त्यहींबाट बिदाइ गरेका थिए। बिहारका समाजवादी तथा अन्य धारका नेताहरू, साहित्यिक वृत्त तथा बौद्धिक जमातसँग बीपीको बाक्लो उठबस थियो।

जन्मशताब्दीको अवसरमा ऐतिहासिक पटना कलेजमा बीपी व्याख्यानमालाको पनि आयोजना गरिएको थियो, जसले प्रत्येक वर्ष निरन्तरता पाउने बताइएको छ। कलेजले पनि ‘नेपाल अध्ययन केन्द्र’ स्थापना गर्ने बताएको छ। नेपाल–भारत सम्बन्धमा महत्वपूर्ण मानिने ‘बिहार फ्याक्टर’ कै कारण ‘बीपी’ को जन्मशताब्दी कार्यक्रम मनाएको बिहार सरकारले बताएको छ। कार्यक्रमका सहभागीले पटना र काठमाडौंको दूरी घटाउन नागरिक सम्वादका कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिएका थिए।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>