Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘इलेभेन जिनपिङ’ पढ्दा समाचार वाचिकाको जागिर गयो - Himalkhabar.com

थप समाचारशुक्रबार, आश्विन ३, २०७१

‘इलेभेन जिनपिङ’ पढ्दा समाचार वाचिकाको जागिर गयो

हिमालखबर

jinping-main1विदेशी नेताहरुको नाम उच्चारण गर्नु समाचार पढ्नेहरुका लागि विश्वभर नै टाउको दुखाइको विषय हुने गर्छ । अझ उक्त देशको भाषा आफूले नबुझ्ने भए त झनै गाह्रो ।

भारतको सरकारी टेलिभिजन दुरदर्शनकी समाचार वाचिकाले २ असोज अबेर रातिको समाचारमा भारत भ्रमणमा रहेका चिनियाँ राष्ट्रपतिको नाम सी जिनपिङलाई ‘इलेभेन जिनपिङ’ पढ्न पुगिन् । अंग्रेजीमा लेखिएको XI (सी) लाई उनले रोमन अंक एघार (11) ठानेर त्यसैगरी पढेकी थिइन् ।

भारत भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति ३ असोजमा स्वदेश फर्कनुअघि नै समाचार वाचिकालाई अवकास दिइसकेको दुरदर्शनका प्रमुख कार्यकारी जवाहर सरकारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सन् १९९० अघि भारतमा एकछत्र राज गरेको सरकारी टेलिभिजन दुरदर्शनले त्यसपछि निजी टेलिभिजनसँग प्रतिस्पर्धा गर्ननसक्दा दर्शक गुमाउँदै गएको छ ।

आफ्नो ६४ औं जन्मदिन मनाउन चिनियाँ राष्ट्रपतिलाई गृहनगर अहमदावादमा रातो कार्पेट ओछ्याएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समाचार वाचिकाको गल्तीले निकै अप्ठायारोमा पारेको थियो ।
एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>