थप समाचारशनिबार, आश्विन ४, २०७१

कात्तिकमा संविधानको खाका आउने: नेता केसी

हिमालखबर

arjun_-narsingh-kcनेपाल प्रेस युनियन मोरङद्वारा ४ असोजमा आयोजित पत्रकार भेटघाटमा कांग्रेस नेता अर्जुननरसिंह केसीले तोकिएको समयमा संविधान निर्माण हुने दाबी गर्दै राजनीतिक संवाद समितिले विवादित विषयहरुलाई १४ असोजभित्र छिनोफानो गरिसक्ने र कात्तिक महिनाभित्रमा संविधानको खाका आउने बताएका छन् ।

सङ्घीय संरचना र शासकीयस्वरुपको विषयमा विवाद रहेको भन्दै केसीले जातीय आधारमा राज्यको निर्माण हुन नसक्ने र एक मधेश भौगोलिक दृष्टिकोणले पनि सम्भव नरहेकाले मधेशमा दुई, पहाडमा चार र राजधानीमा एक गरी सात प्रदेशको पक्षमा कांग्रेस रहेको बताए ।

उनले संविधानसभामाथि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नरहेको प्रष्ट पारे ।

सिके राउतले राष्ट्रको विखण्डनको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउ परेको सम्बन्धमा पत्रकारहरुले जिज्ञासा राख्दा केन्द्रीय सदस्य केसीले नेपालप्रति आस्था राख्ने कसैले पनि राउतलाई क्षमा नगर्ने भन्दै यस विषयमा कानूनी प्रक्रिया शुरु भइसकेको टिप्पणी गरेका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...