Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माइक्रोसफ्टका पुराना भर्सन बाई बाई - Himalkhabar.com

थप समाचारशनिबार, आश्विन ४, २०७१

माइक्रोसफ्टका पुराना भर्सन बाई बाई

हिमालखबर

माइक्रोसफ्टले १२ वर्ष पुरानो बहुचर्चित अपरेटिङ सिस्टम विण्डोज एक्सपीका सबै सेवा पाँच महीना अघि बन्द गर्‍यो।

एक्सपीका केही महत्वपूर्ण सेवाहरु पाँच वर्षअघि नै बन्द भएका थिए। विण्डोज भिस्टाका पनि महत्वपूर्ण सेवाहरु दुई वर्षअघि बन्द भए।

अबको दुई वर्षमा भिस्टाका सबै सेवा बन्द हुँदैछन् भने अबको ६ वर्ष भित्रमा विण्डोजका सबै सेवा बन्द भैसक्ने हुनाले सक्कली अपरेटिङ सिस्टम चलाउनेहरुले विण्डोज ८ वा त्यसको अपडेट ८.१ तिरै सोझिनुपर्नेछ।

microsoftप्रयोगकर्ताको चिन्ता

माइक्रोसफ्टले विश्वभरका प्रयोगकर्तालाई नयाँ भर्सनहरुमा बानी पार्न पुरानो भर्सनहरु बन्द गर्न लागेको सजिलै बुझ्न सकिन्छ।

उसले आफ्नो वेबसाइटमा लेखेको पनि छ– ‘विण्डोज एक्सपी १२ वर्ष पुरानो भइसक्यो। यो १२ वर्षमा तपाईंसँग नयाँ टीभी आयो होला, नयाँ मोबाइल फोन बोक्न थाल्नुभयो होला, अब कम्प्युटर पनि नयाँ अपरेटिङ सिस्टम भएको चलाउने बेला आयो।’

१२ वर्षमा माइक्रोसफ्टले एक्सपीका लागि चाहिने सिस्टम अपडेट, सर्भिस प्याक आदि सेवाहरु दिइरह्यो।

त्यसपछि विकास भएका नयाँ प्रविधिले हाम्रो ग्याजेट मोहलाई परिवर्तन गरिसकेका छन्। अब त्यही पुरानो संचालन प्रणालीलाई कहिलेसम्म अपडेट गरिरहने?

त्यसकारण पनि पुराना उत्पादनहरु बन्द गर्दै जाने माइक्रोसफ्टको रणनीतिलाई धेरै प्रविधिविज्ञहरु स्वाभाविक ठान्छन्।

कतिपय प्रयोगकर्तामा भने त्यसले चिन्ता बढाएको छ– अब ल्यापटपमा भएको विण्डोज एक्सपीमा गुगल क्रोम र फायरफक्सका एप्लिकेशनहरु चल्न छोड्ने हुनाले।

अबका सफ्टवेयर, एप्लिकेशन र तिनका नयाँ अपडेटहरुले सेवा बन्द भएका अपरेटिङ सिस्टमलाई ध्यान दिने छैनन्। उदाहरणका लागि, अनलाइन एप्लिकेशन साउण्डक्लाउडले नयाँ अपडेटमा विण्डोज एक्सपीमा चल्ने अपडेट बनाउँदैन।

त्यसकारण पनि नयाँ विण्डोजतिर जानुको विकल्प छैन।

विण्डोज एक्सपी नेपालमा मात्र हैन, विश्वभरका ३५ प्रतिशत कम्प्युटरमा चलेको थियो।

अब ती कम्प्युटरहरुमा के प्रयोग होला भनेर गरिएका विभिन्न अध्ययनले धेरै प्रयोगकर्ताले विण्डोज एक्सपीलाई माया मार्न सक्ने छैनन् भन्ने देखाएका छन्।

विण्डोज ७ वा ८ मा बानी नपर्नु र आफूसँग पुराना मोडलका कम्प्युटर मात्रै हुनु जस्ता कारणले धेरैलाई विण्डोज एक्सपीमै रोक्न सक्छ।

तर, माइक्रोसफ्टको वेबसाइटले त्यसमा दुइटा खतरा देखाएको छ। पहिलो, बन्द भएको भर्सनमा भाइरस आक्रमणको सम्भावना पाँच गुणा बढी हुनु, जसमा कम्प्युटर सजिलै ह्याक वा महत्वपूर्ण सूचनाहरु चोरी हुनसक्छ।

दोस्रो, अब आउने नयाँ डिभाइसले बन्द भैसकेको विण्डोजको लागि ड्राइभर उत्पादन नगर्नु र नयाँ अपडेटहरु पनि नचल्नु, जसबाट कम्प्युटरको कार्यक्षमता ह्रास हुन्छ।

माइक्रोसफ्टको अफर

माइक्रोसफ्टले पुरानो सक्कली विण्डोज वा अफिस चलाइरहेकाहरुलाई केही पैसा तिरेर नयाँ भर्सनमा अपग्रेड हुने विशेष अफर पनि दिएको छ।

नेपाल जस्तो पाइरेटेड सफ्टवेयर प्रयोग हुने अल्पविकसित देशहरुमा भने माइक्रोसफ्टको यो रणनीतिले अझै अप्ठेरो सिर्जना गर्न सक्छ।

पहिलो, हामीमध्ये धेरैले विण्डोजको नयाँ भर्सन सपोर्ट नगर्ने पुराना मोडलका कम्प्युटर चलाइरहेका छौं। अर्को समस्या, विण्डोजको नयाँ भर्सनको सक्कली डीभीडी महँगो हुन सक्छ।

“नेपालका आधिकारिक रिटेलरहरुबाट विण्डोज ८ का तीन वटा भर्सन नै बिक्री भइरहेका छन्”, माइक्रोसफ्ट इनोभेसन सेन्टरका प्रविधि विज्ञ प्रदीप कँडेल भन्छन्, “सक्कली विण्डोज चलाउन चाहनेहरुले एउटा आधिकारिक लाइसेन्सका लागि रु.२५ हजारसम्म तिर्नुपर्छ।”

त्यो अवस्थामा अहिलेको एक्सपी नै चलाइरहनुको विकल्प हुने छैन। माइक्रोसफ्ट इनोभेसन सेन्टरले सक्कली सफ्टवेयर चलाउने बानी पार्नलाई नेपालका केही हजार जनालाई माइक्रोसफ्टका सबैजसो भर्सनहरु सित्तैंमा उपलब्ध गराउँछ, तर सबैले यो सुविधा पाउँदैनन्।

यसले फेरि पाइरेटेड विण्डोज र अफिसले नै धेरैको कम्प्युटरमा प्रवेश पाउने आकलनलाई बलियो बनाउँछ।

यस्तो अवस्थामा माइक्रोसफ्ट अफिसको भर्सन २०१०, २०१२ वा २०१३ प्लस र विण्डोज ८ वा ८.१ प्रयोग गर्न थाल्नु सुरक्षा र सुविधा दुवै हिसाबले बुद्धिमानी हुनेछ।

गणेश आचार्य

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>