रमझमशनिबार, आश्विन ४, २०७१
डकुमेन्ट्रीमा ‘थाहा’ आन्दोलनका प्रणेता रुपचन्द्र
पूरा जीवन जनता जगाउँनमा समर्पित रुपचन्द्रको हराएको परिचय र थाहा दर्शनलाई पुनः स्थापित गर्न यो डकुमेन्ट्री निमार्ण गर्न लागिएको निर्माता अमितकिशोर सुवेदीले बताए ।
डकुमेन्ट्रीको निर्माण अमितकिशोर सुवेदी र विकास ढकालले गर्दैछन् । एक बर्षदेखि रुपचन्द्रको कर्मथलो मकवारपुरका विकट चेपाङ र तामाङ वस्तीमा रहेर अध्ययन/अनुसन्धान गरेर डकुमेन्ट्रीको केही भाग छाँयाङकन भइसकेको निमार्ण पक्षले जनाएको छ ।
नेपाली राजनीतिमा इमान र नैतिकताको खडेरी लागेका बेला रुपचन्द्रको अनुकरणीय र जनमुखी राजनितिक संस्कारतिर थाहाँ दर्शनको माध्यमबाट अरुलाई झक्झक्याउनु डकुमेन्ट्री निमार्णको उदेश्य हुनेछ ।
को हुन्, रुपचन्द्र
वि.स.१९९० मा मकवापुरको उत्तरी गाउँ पालुङमा जन्मिएर ११ वर्षकै उमेरमा घरबाट विद्रोह गरी हिडेका रुपचन्द्रले जीवनभर नेपाली श्रमिक र पिछडिएका वर्गको जागरणमा समर्पण गरे ।
४० को दशकमा लोकप्रियताको शिखरमा रहेको थाहा आन्दोलनको मुख्य कुरा भनेकै निष्पक्ष सक्रियताको अभ्यास हो । रुपचन्द्र सधै भन्ने गर्थे, ‘‘हामी कसैका होइनौ, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो ।’’
रुपचन्द्रले मकवानपुरलाई कर्मथलो बनाएर कृषिमा आधुनिकिकरण गराए । सामाजिक कुरिती र कुसंस्कार भत्काउने अभियान थाले अनि शिक्षामा क्रान्ति चलाए । जुन वर्गको हितमा लागेको हो, त्यहि वर्गको जीवन बाँच्ने क्रममा उनी कुल्ली, खलासीदेखि ड्राइभर पनि भए ।
आफैले लेखेको चुनावी पर्चा बेचेर ०३८ सालको राष्ट्रिय पंचायत निर्वाचनमा उनले गैरपञ्चायत भएर राष्ट्रिय पंचायत सदस्य बन्ने रेकर्ड राखे ।
छाप्रेहरु माँझबाट उठेर निरङकुश पंचायती शासनका विरुद्ध आवाज उठाए र औला ठड्याए वापत उनलाई राजद्रोहको अभियोगमा धेरै पटक थुनामा समेत राखियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
