थप समाचारआइतबार, आश्विन ५, २०७१

दशैं नआउने घर

हिमालखबर

तर, वर्तमान त्यस्तो छैन । उनी भन्छिन्, ‘‘दशैं ल्याउने मान्छे नै नभएपछि दशैं कहाँबाट आउला र !’’ पति सर्प खत्रीको

दुई छोरीका साथ रती खत्री । तस्वीरः लक्ष्मण केसी

दुई छोरीका साथ रती खत्री । तस्वीरः लक्ष्मण केसी

मृत्युपछि रतिको घरमा दशैं आउन छोडेको छ । अपाङ्ग जेठी छोरी जानकी (८) र कान्छी (५)लाई काखमा च्यापेकी रति भन्छिन्, ‘‘दशैं नै नभएको भए हुन्थ्यो ।’’

झारफुक गर्न गएका पति सर्प २१ वैशाख ०६५ मा विरामी परे । दुवै आँखा नदेख्ने विरामी पतिको राम्रो उपचार हुन सकेन । र दुई छोरी र श्रीमतीले अभिभावक गुमाए ।

उनको दुवै छोरी बोल्न, हिडडुल गर्न सक्दिनन् । गाउँलेले बनाइदिएको सानो घरमा साँझविहान आँगो बाल्न गाह्रो पर्ने रतिलाई छोरीहरु स्याहार्नै ठीक्क हुन्छ । छिमेकीकै दयाले बाँचिरहेकी रति उनीहरुकै घरमा आएको दशैं हेरेर बसिरहेकी छिन् ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...