थप समाचारसोमबार, आश्विन ६, २०७१

भूकम्प पीडितलाई अझै सास्ती

हिमालखबर

लक्ष्मी गौतम, पाँचथर

तीन वर्षअघि भूकम्पले घर भत्काएपछि आँगनमा पाल टाँगेर बसेको नाँगीनका अमृतबहादुर थाम्सुहाङको परिवार । तस्वीरः लक्ष्मी गौतम

तीन वर्षअघि भूकम्पले घर भत्काएपछि आँगनमा पाल टाँगेर बसेको नाँगीनका अमृतबहादुर थाम्सुहाङको परिवार । तस्वीरः लक्ष्मी गौतम

ताप्लेजुङको कञ्चनजंघा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गएको १ असोजमा तीन वर्ष भयो । तर, वि.सं. १९९० पछिको ठूलो भनिएको सो भूकम्पबाट पीडित परिवारले दैवी प्रकोप उद्धार कोषबाट रु.५ हजारबाहेक राज्यबाट थप राहत र सहयोग पाएनन् ।

१ असोज २०६८ को साँझ ६.२५ बजे ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । जसले, पाँचथर र ताप्लेजुङसहित इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका १७ हजार बढी घर भत्काएको थियो भने विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी र मठ मन्दिर गरी अर्बाैंको क्षति भएको थियो ।

त्यो बेला, राज्यले भूकम्प पीडितलाई घर निर्माण गर्न सहुलियत व्याजदरमा ऋण दिने लगायत दर्जन भन्दा धेरै कार्यक्रम सार्वजनिक गरेको थियो । तर हालसम्म ती कुनै कार्यक्रम कार्यान्वयन भएका छैनन् । त्यही कारण, अझै कैयौं भूकम्प पीडित ओडार र त्रिपालमुनि बस्न बाध्य भएका छन् । पाँचथर नाँगीन–९ का अमृतबहादुर थाम्सुहाङको परिवार आँगनमा पाल टाँगेर बसेको छ भने ताप्लेजुङ खेजेनिम–३ का भक्तबहादुर खेजेनिमको परिवार जंगलको ओडारमा ओत लागेको छ ।

भूकम्प पीडितलाई घर बनाउने ऋण दिन सबै जिल्लाका जिल्ला प्राविधिक कार्यालयहरूबाट पीडितसँग निवेदन पनि संकलन गरिएको थियो । पाँचथर, ताप्लेजुङ र इलाममा मात्रै पाँच हजार जनाले निवेदन दिएका थिए ।

जिल्ला प्राविधिक कार्यालय पाँचथरका प्रमुख भानु वराल ६ महीनाभित्र ऋण प्रवाह गर्ने भनेकोमा एक वर्ष बित्दा पनि प्रक्रिया शुरू नभएको बताउँछन् । भूकम्पले भत्काएका विद्यालय भवन भने जिल्ला शिक्षा कार्यालय मार्फत आएको बजेटले मर्मत गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...