Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सगरमाथामा पर्यटकको चहलपहल (तस्वीरसहित) - Himalkhabar.com

थप समाचारमंगलबार, आश्विन ७, २०७१

सगरमाथामा पर्यटकको चहलपहल (तस्वीरसहित)

हिमालखबर

शब्द/तस्वीरः बुद्धवीर बाहिङ, सोलुखुम्बु

नाम्चेस्थित क्याङजुमा हुँदै सगरमाथाको आधारशिविर हिडेका भारतीय पर्यटकहरु क्याङजुमाबाट सगरमाथालाई हेर्दै ।

नाम्चेस्थित क्याङजुमा हुँदै सगरमाथाको आधारशिविर हिडेका भारतीय पर्यटकहरु क्याङजुमाबाट सगरमाथा हेर्दै ।

असोज महीनाको शुरुवातसँगै सगरमाथा क्षेत्रमा पर्यटकहरुको चहलपहल शुरु भएको हो । पर्यटकीय क्षेत्रहरु लुक्ला, फाक्दिङ, जोरसल्ले, नाम्चे, ठमो, थामे, खुम्जुङ ग्रीनभ्याली, फोर्चे, मछेर्मो, गोक्यो, ठाङनाक, जोङला, स्याङबोचे, पाङबोचे, दिङबुचे, फेरिचे, छुकुङ, लबुचे र गोरक्सेपमा पर्यटकहरुको चाप बढ्न थालेको बुद्ध लज गोरक्सेपका पेम्बा शेर्पाले बताए ।

खुम्जुङस्थित दिङबुचे हुँदै सगरमाथा क्षेत्रको भ्रमणमा हिडेका विदेशी पर्यटकहरु ।

खुम्जुङस्थित दिङबुचे हुँदै सगरमाथा क्षेत्रको भ्रमणमा हिडेका विदेशी पर्यटकहरु ।

पर्यटकीय सिजनको सबैभन्दा उत्तम सिजन मानिएको अक्टोबर सिजनमा सगरमाथा क्षेत्रमा सबैभन्दा बढी पर्यटकहरु आउने गरेका छन् ।

सगरमाथा क्षेत्रको भ्रमणमा जाने क्रममा पाङबोचेमा विश्राम लिँदै पर्यटकहरु ।

सगरमाथा क्षेत्रको भ्रमणमा जाने क्रममा पाङबोचेमा विश्राम लिँदै पर्यटकहरु ।

अहिले काठमाडौंबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा दैनिक २०० देखि २५० जनासम्म पर्यटकहरु सगरमाथा क्षेत्रको भ्रमणमा जाने गरेका छन् ।

चौंरीखर्कस्थित जोरसल्लेमा थकाई मार्दै पर्यटकहरु ।

चौंरीखर्कस्थित जोरसल्लेमा थकाई मार्दै पर्यटकहरु ।

यस्तै, दोलखाको जिरी हुँदै दैनिक १० देखि १५ जना पर्यटकहरु पैदल हिडेर सगरमाथा क्षेत्रको भ्रमणमा जाने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोष्ट चौंरीखर्कस्थित मञ्जोमा पर्यटकहरु सगरमाथा क्षेत्र जानका लागि नाम, ठेगाना र देश दर्ता गर्दै पर्यटकहरु ।

सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोष्ट चौंरीखर्कस्थित मञ्जोमा पर्यटकहरु सगरमाथा क्षेत्र जानका लागि नाम, ठेगाना र देश दर्ता गर्दै पर्यटकहरु ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>