Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कहाँ छ न्याय ? - Himalkhabar.com

टिप्पणीमंगलबार, आश्विन ७, २०७१

कहाँ छ न्याय ?

सञ्जीव शर्मा

अधिकारी दम्पती

१० चैत २०६९ मा बालुवाटारको सडक पेटीमा नन्दप्रसाद र गंगामाया । फाइल तस्वीर: सञ्जीव शर्मा

नन्दप्रसाद र गंगामाया अधिकारीलाई पहिलो पटक १० चैत २०६९ मा प्रधानमन्त्री निवासको पूर्वी गेटभन्दा उत्तरतर्फको सडक पेटीमा देखेको थिएँ ।

विरामीजस्ता बुढाबुढी चर्को घाममा लडिरहेको देखेर सोधपुछ गर्दा नन्दप्रसादले आफ्नो दुखको पेटारो खोलेका थिए । उनीहरुको मुखमा अन्न नपरेको ४९ दिन भइसकेको रहेछ ।

“यो मुलुकमा न्याय पाउन गाह्रो भो बाबु”, गंगामायातर्फ संकेत गर्दै नन्दप्रासदले भनेका थिए, “अब यो मर्छे, त्यसपछि म पनि यतै मर्छु ।”
तर, त्यसको करिब २ वर्ष ६ महिनामा गंगामायालाई छोडेर नन्दप्रसाद दिवंगत भएका छन् ।

त्यसबेला अधिकारी दम्पती अधिकारकर्मी र मिडियाको चासोभित्र परिसकेका थिएनन् । सडक पेटीमा होस् या जबरजस्ती मानसिक अस्पतालमा भर्ना गरिदा, उनीहरुले कयौं पटक भोक हडताल गरिसकेका थिए ।

गोरखा–७ फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारी २४ चैत २०६१ मा माओवादीद्वारा हत्या गरिएका आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कारवाहीको माग गरिरहेका थिए ।

अधिकारी दम्पत्ती गोरखा र चितवनका प्रहरी र जिल्ला प्रशासन कार्यालय धाउँदा धाउँदा आजित भएर न्याय खोज्न बालुवाटारको सडकमा आइपुगेको त्यो बेला प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकारको नेतृत्व सम्हालीसकेका थिए ।

त्यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकार हुँदा उनीहरुलाई प्रहरीले थुनामा राखेर यातना दिएको थियो । उनीहरुलाई सरकारले केही समय जवरजस्ती पाटनको मानसिक अस्पताल पनि राख्यो ।

त्यसबेला सुद्धि हराएको जस्तो लाग्ने नन्दप्रसाद कहिले बरबराउँदै कहिले रुँदै दोहोर्‍याउँथे, “माओवादीले छोरालाई मारे, हामीलाई यातना दिए, गाउँको १२ रोपनी जग्गा, घर, बस्तुभाउ समेत कब्जामा लिए । खै न्याय कहाँ छ ?”

गंगामाया हत्केलाले घाम छेक्दै सुँकसुँक गर्थिन् । त्यो बेला सडक पेटीमा नन्दप्रसादले भनेका थिए, “नयाँ प्रधानमन्त्रीले न्याय दिन्छन कि, उनलाई भेट्न पर्खेका छौं ।”

तर, जननिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाका पालामा पनि अधिकारी दम्पतीले न्याय पाएनन् । प्रधानमन्त्रीले भाषणैपिच्छे ‘डेमोक्रेसी’ भने पनि नन्दप्रसाद न्याय नपाएरै बिते । गंगामाया अस्पतालको शैयामा छट्पटाईरहेकी छन् ।

नन्दप्रसादको शव ६ असोज २०७१ मा वीर अस्पतालबाट महाराजगञ्ज अस्पताल लगिंदै । तस्वीर: बिक्रम राई

नन्दप्रसादको शव ६ असोज २०७१ मा वीर अस्पतालबाट महाराजगञ्ज अस्पताल लगिंदै । तस्वीर: बिक्रम राई

गृहमन्त्री वामदेव गौतमले ‘हत्यारालाई कारवाही हुने,’ भाषण गरेका थिए । तर, संविधानसभा र संसदमा ‘ठूला कुरा’ मिलाउँदा मिलाउँदै राज्यले अधिकारी दम्पतीलाई न्याय दिनुपर्छ भन्ने विर्सियो ।

७ महिनाअघि वीरअस्पतालको पुरानो आइसियुमा भेटेर ‘कृष्णलाई न्याय दिन पनि तपाइँहरु बाँच्न जरुरी छ’ भन्दा नन्दप्रसाद नराम्रोसँग जंगिएका थिए । त्यसबेला गंगामायाले संयमीत स्वरमा भनेकी थिइन, “न्याय नपाउने देशमा बाँचेर के गर्नु बाबु ?”

उनीहरुका आँखामा हेरेपछि मलाई यी सत्याग्रहीको अनशन तोडाउन मुस्किल छ भन्ने लागेको थियो । त्यसपछिको हरेक भेटमा गंगामायाका आँखाबाट झर्ने अविरल आँशु हेरेर फर्कन्थें ।

पछिल्लो पटक २ असोजमा नन्दप्रसादको स्वास्थ्य अवस्था निकै विग्रिएको थाह पाएर त्यहाँ पुग्दा वीर अस्पतालका निर्देशक स्वयम्प्रकाश पण्डितले अनौपचारिक कुरा गर्दै ‘चाँडै केही भइहाल्दैन’ भनेर आश्वस्त पारेका थिए । तर त्यसको चारै दिनमा नन्दप्रसाद विते ।

नन्दप्रसादको मृत्यु पछि माओवादीलाई ‘कुचोले पन्छाउनुपर्ने कसिंगर हावाले उडाए’ जस्तो भएको हुनसक्छ । अब न्यायको संघर्षमा एक्ली गंगामाया छिन्– नाजुक स्वास्थ्य अवस्थामा ।

सत्तारुढ नेपाली कांग्रेस र एमालेभित्र अधिकारी दम्पतीलाई न्याय दिलाउने इच्छाशक्ति नै देखिएन । मानवअधिकारका पक्षमा बेलाबेला आवाज चर्काउने ‘उदार युवा’ सभासदहरुले पनि न्याय खोज्ने नागरिकको यो मृत्युवरणलाई महत्व दिएको देखिएन ।

छोराका हत्यारालाई कार्वाहीको माग गर्ने बाबुआमालाई न्याय दिन नसक्नेहरुले कस्तो संविधान बनाउलान् ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>