खेलकुदबुधबार, आश्विन ८, २०७१
एसियाडमा नेपालको निरासाजनक नतिजा
नेपालले पदकको आशा गरिएको उसु र जुडोजस्ता महत्वपूर्ण खेलमा पनि आज नेपाली खेलाडी पराजित भएपछि दुवै खेलको पदकका आशा समाप्त भएको हो ।
उसुतर्फको खेलमा अन्तिम आशाका रूपमा रहेका आङ्बाबु लामा पराजित भएपछि उसु खेलको पदकको आशा समाप्त हुन पुग्यो । लामा ८.२ स्कोर जोड्दै १४ औँ स्थानमा रहे ।
यसअघि पदकका दाबेदारको रूपमा मानिएका झरना गुरुङ र चाहना बम्जन पनि प्रतियोगिताको क्वार्टरफाइनल चरणबाटै बाहिरिएका थिए ।
जुडोमा पनि पराजित
पदकको आशा गरिएको अर्को खेल जुडोमा पनि नेपाल पराजित भएको छ । नेपालका पुरुष टिम छनोटचरण खेलमा साउदी अरेबियासँग पराजित भएको हो ।
६६ केजी माथि तौल समूहमा नेपालका सरोज महर्जन साउदी अरेवियाका खेलाडी आइसा हसन मजरासीसँग पराजित भए ।
त्यस्तै ७३ केजीमा नेपालका अर्का खेलाडी रमेश मगर सुलैमान फहाद हमदसँग पराजित भए भने श्रीराम मकाजु नैफअमर माज्युसँग पराजित भए ।
८१ केजीमा नेपालले बाइ दिएको थियो । ९० केजी माथिको तौलसमूहमा राजन जोशीले बाइ पाएर एक अङ्क जोडेका थिए ।
आर्चरी पनि पराजित
महिला आर्चरी खेलमा पनि नेपाल पराजित भएको छ । रिकर्भ इन्डिभिजुअल ¥याङकिङ राउण्डमा नेपालकी कृष्णमाया स्याङ्तानले ५९२ स्कोर गर्दै ४४ औँ स्थानमा समेटिइन् ।
त्यसैगरी ५८४ स्कोर बटुलेकी नेपालकी अर्की खेलाडी आइसा तामाङ ४६ औ स्थानमा रहिन भने मोनिका रानामगर ५४० स्कोरका ५३ औँ स्थानमा रहिन् । त्यस्तै, रेनु लामा ५०१ स्कोरका जोड्दै ५६ औँ तथा अन्तिम स्थानमा रहिन । उक्त प्रतियोगितामा ५६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
सोही स्पर्धाको पुरुषतर्फको रिकर्भ इन्डिभिजुअल ¥याङकिङ राउण्डतर्फको फेन्सिङ्मा नेपाली पुरुष टिम आयोजक दक्षिण कोरियासँग पराजित भयो ।
यही असोज ३ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले अहिलेसम्म एउटा पनि पदक हात पार्न सकेको छैन ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
