थप समाचारबुधबार, आश्विन ८, २०७१

विपक्षको बिरोध कायमै, संसद चलेन

हिमालखबर

व्यवस्थापिका संसदको बैठक १२ औं पटक पनि अवरुद्ध भएको हो । ८ असोजमा संसद बैठक शुरु हुनासाथ प्रतिपक्षी दलले बिरोध जनाएका छन् ।

बैठकमा संघीय समाजवादी पार्टीका सभासद अशोक राईले सरकारमा रहेका दलका नेताहरूले विगतमा भएका सहमति कार्यान्वयन नगर्दा संसद अवरुद्ध भइरहेको बताए । उनले सहमतिका बुँदालाई कार्यान्वयन गरी विश्वासको वातावरण तयार गर्न आग्रह गरे ।

सीके राउतलाई गिरफ्तार गरेको विषयमा सदनमा कुरा उठाउन नहुने भनिएको भन्दै उनले लोकतान्त्रिक मुलुकमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रलाई कुण्ठित गर्न नहुनेमा जोड दिए ।

व्यवस्थापिका संसदको अर्को बैठक १० असोजमा बस्नेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...