खेलकुदबुधबार, आश्विन ८, २०७१
महिला फूटबलको उपाधि पुलिसलाई
–सविता श्रेष्ठ, चितवन
नेपाल पुलिसले नेपाल आर्मीलाई हराउँदै उपाधि हात पारेको हो । नारायणगढमा ८ असोजमा भउको फाइनलमा ट्राइब्रेकरमा पुलिसले आर्मीलाई हराएको हो ।
खेलको निर्धारित समयमा गोल नगरेपछि थपिएको अतिरिक्त समयमा दुवै टीमले एक–एक गोल गरेका थिए । ट्राइब्रेकरमा भने पुलिस ५–३ गोलले विजयी भयो ।
अतिरिक्त समयको १९औं मिनेटमा आर्मीकी शर्मिला थापाले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन । त्यसको चार मिनेटमै पुलिसकी निरु थापाले गोल फर्काइन् ।
चितवन फूटबल संघले आयोजना गरेको लिगमा उपाधिसँगै पुलिसले रु.२ लाख हात पारेको छ । उपविजेता आर्मीले रु.१ लाखमा चित्त बुझायो ।
यसअघि इलामा भएको लिगमा पनि आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीकी लीला लाम्गादे चुनिइन् । उत्कृष्ट डिफेन्डर पुलिसकी घिमकुमारी गुरुङ, उत्कृष्ट फरवार्ड पुलिसकी निरु थापा, उत्कृष्ट मिडफिल्डर एपीएफकी अनिता बस्नेत, उत्कृष्ट प्रशिक्षक पुलिसका सन्देश श्रेष्ठ भए ।
उनीहरुलाई जनही रु.२५ हजार पुरस्कार पाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
