रमझमबिहीबार, आश्विन ९, २०७१

कोपनहेगनमा नेपाली रेडियो

हिमालखबर

डेढ महीना अघि परीक्षण प्रशारण भएको ‘मण्डला अनलाइन रेडियो’ ले ७ असोजदेखि नियमित प्रशारण थालेको हो । कोपनहेगनमा आयोजित समारोहमा डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्टले रेडियोको उदघाटन गरे ।

कोपनहेगनमा नेपाली रेडियो

डेनमार्कमा रहेका पत्रकार अजित देवकोटा, जनार्दन अधिकारी, सुनिल शर्मा र मनोज दाहालको पहलमा रेडियो प्रशारण शुरु भएको हो । रेडियोबाट श्रोताको चाहाना अनुसारको कार्यक्रम प्रशारण गरिने संस्थापक सदस्य अजित देवकोटाले जानकारी दिए ।

‘वन स्टप डेस्टिनेशन फर म्यूजिक लवर्स’ स्लोगनबाट प्रशारण हुने रेडियोले नेपाली गीत संगीत, नेपाली कला, संस्कृति र संस्कारको प्रवद्र्धन गर्ने उनीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>