रमझमशुक्रबार, आश्विन १९, २०६९
इमेज अवार्ड १४ वर्षमा
यो अवार्डमा यस वर्षदेखि सर्वोत्कृष्ट लोकगीत र सर्वोत्कृष्ट दोहोरी विधालाई पनि समावेश गरिएको आयोजकले जनाएको छ। यो वर्षको इमेज लाइफटाइम एचिभमेन्ट अवार्ड का लागि वरिष्ठ निर्देशक एवं गीतकार यादव खरेल छानिएका छन्।
उत्कृष्ट पाँचको नोमिनेशनमा परेका अवार्डका प्रतिस्पर्धी कलाकारहरूले दमक, पथरी, इटहरी, वीरगंज, सुर्खेत, नेपालगंज, दाङ, पोखरालगायतका शहरमा सांगीतिक प्रस्तुतिसँगै दर्शकसँग एसएमएस भोट मागेका छन्। इमेज अवार्ड मा सहकार्य गर्दै आएको गोरखा ब्रुअरीको टुवोर्ग बियरका मार्केटिङ म्यानेजर सौरभ कारंजितले यस्तो आयोजनाले सङ्गीत साधक, सङ्गीतकर्मी, सर्जक, कलाकार र प्रतिभाहरूलाई उत्साहित पार्ने बताए। संगीतकार न्ह्यू बज्राचार्य भन्छन्, “राम्रो कलाकारले अवार्ड पाउँदा अवार्डको गरिमा बढ्छ, त्यसैले अवार्डलाई अझै गरिमामय बनाउन ध्यान दिनुपर्छ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>