थप समाचारशुक्रबार, आश्विन १०, २०७१

प्रधानमन्त्री कोइरालाद्वारा बंगलादेश र पाकिस्तानी प्रधानमन्त्रीसँग भेटवार्ता

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँगको छुट्टाछुट्टै भेटमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन बारे छलफल गरेका छन् । भेटमा दुवै देशको समसामयिक राजनीतिक अवस्था तथा आपसी सम्बन्ध लगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशील कोइराला बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग न्यूयोर्कमा भेटवार्ता गर्दै । तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री सुशील कोइराला बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग न्यूयोर्कमा भेटवार्ता गर्दै । तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री कोइरालाले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग न्यूयोर्कस्थित ग्राण्ड हायत होटलमा भेट गरेका छन् । ९ असोज राति भएको भेटवार्तामा दुवै मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध र आपसी चासोको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधामन्त्री कोइरालाले नेपालको शान्तिप्रक्रिया र संविधान लेखनमा भइरहेको प्रगति तथा सार्क शिखर सम्मेलनको तयारीका बारेमा बङ्गलादेशकी प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । बङ्गलादेशकी प्रधानमन्त्रीले सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन यस क्षेत्रका सबै मुलुक मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएको सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री कोइरालाले ९ असोज राति नै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग पनि भेटवार्ता गरेका छन् । न्यूयोर्कको वाल्डरोफ स्टोरिया होटलमा भएको भेटमा दुवै मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध लगायतको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले काठमाडौंमा हुने सार्क शिखर सम्मेलनको तयारीका बारेमा सरिफलाई जानकारी गराएका थिए । सचिवालयका अनुसार पाकिस्तानी प्रधानमन्त्री सरिफले काठमाडौंमा हुने १८औं सार्क शिखर सम्मेलनमा भाग लिन आफू आतुर रहेको तथा सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...