Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पर्यटन उद्योग: उत्थानको आशा - Himalkhabar.com

रिपोर्टशुक्रबार, आश्विन १०, २०७१

पर्यटन उद्योग: उत्थानको आशा

हिमालखबर

रामेश्वर बोहरा

राजधानीको बसन्तपुरमा चिनियाँ पर्यटक। तस्वीरः बिक्रम राई

राजधानीको बसन्तपुरमा चिनियाँ पर्यटक। तस्वीरः बिक्रम राई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १८–१९ साउनमा भएको नेपाल भ्रमणका बेला भारतीय सञ्चारमाध्यमहरूले नेपालमा चिनियाँ पर्यटकको बढ्दो संख्याबारे निकै महत्वसाथ समाचार दिएका थिए। त्यसलाई नेपालमा चिनियाँ चासो र सक्रियता बढेको अर्थ लगाउँदै उनीहरूले भारतले बुझन नसकेको टिप्पणी गरेका थिए। नेपालमा चीनको आर्थिक सहयोग बढ्दै गएकोमा भारतको सहयोग चाहिं घट्दै गएको पनि उनीहरूको भनाइ थियो।

नेपाली पर्यटन उद्योग भने चिनियाँ पर्यटकको बढ्दो संख्याले उत्साहित छ। दशक लामो माओवादी हिंसात्मक विद्रोह, त्यसपछिको राजनीतिक अस्थिरता, बन्द–हड्ताल, चन्दा आतंक, अराजकता र कमजोर कानून व्यवस्थाका कारण थला पर्ने स्थितिमा पुगेको पर्यटन उद्योग अहिले यसैबाट त्राण पाउने आशामा छ। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष डीबी लिम्बू भन्छन्, “चिनियाँ पर्यटकको संख्या बढेकाले हामी उत्साहित भएका छौं, नेपालको पर्यटन विकासका लागि यो राम्रो सुरुआत हुन सक्छ।”

सन् २०१३ मा नेपालमा एक लाख १३ हजार १७९ चिनियाँ पर्यटक आएका थिए। यो संख्या नेपाल आउने भारतीय पर्यटक (एक लाख ८० हजार ९७४) पछिको सबैभन्दा बढी हो। दुई वर्ष पहिले (२०१२ मा) नेपालमा ७१ हजार ८६१ चिनियाँँ पर्यटक मात्र आएका थिए भने १० वर्ष पहिले सन् २००३ मा सात हजार ५६२ मात्र।

तोडिंदै ‘अफ सिजन’

चिनियाँ पर्यटकको संख्या बढेकाले राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेल क्षेत्रमा चिनियाँ होटल, रेस्टुरेन्ट र ट्राभल एजेन्सीहरूको संख्या पछिल्लो समय निकै बढेको छ। ठमेल–ज्याठा क्षेत्रमा मात्रै अहिले ३० भन्दा बढी चिनियाँँ रेस्टुरेन्ट, होटल र ट्राभल एजेन्सी छन्। तीमध्ये दुई तीन वटामा नेपाली साझेदार रहे पनि अन्यमा प्रक्रिया पुर्‍याउन मात्र नेपाली साझेदार राखिएको त्यो क्षेत्रका व्यापारी बताउँछन्।

चिनियाँ पर्यटकको संख्या अरू बढ्ने देखेर चिनियाँ व्यापारीहरू पनि बढेको एक पर्यटन व्यवसायीको भनाइ छ। तर, चिनियाँ पर्यटकलाई बस्ने, खाने र घुम्ने सेवा दिन उनीहरूले मात्र सक्ने सम्भावना छैन। सेवा गुणस्तरीय बनाउने हो भने त्यसको लाभ नेपाली पर्यटन व्यवसायी र टुर अपरेटरहरूले पाउनेमा विवाद छैन।

काठमाडौं र पोखराका ठूला र मझौला होटलहरूमा अहिले चिनियाँ पर्यटकको भीड देखिन थालेको छ। होटल व्यवसायीहरू चिनियाँ पर्यटकका कारण ‘अकुपेन्सी’ बढेको बताउँछन्। काठमाडौं उपत्यका, पोखरा र बुद्धको जन्मस्थल लुम्बिनी घुम्न मन पराउने चिनियाँ पर्यटकको नेपाल बसाइ पनि पहिले भन्दा बढेको छ। यसले जूनदेखि अगस्त र डिसेम्बरदेखि फेब्रुअरीको ‘अफ सिजन’ मा खाली हुने होटलहरू भरिभराउ हुन थालेको व्यवसायीहरूको भनाइ छ।

पोखरामा करीब एक वर्षअघि अल्ट्रालाइट उडान शुरू गरेका फिस्टेल अल्ट्रालाइटका सञ्चालक पारसराज गौतम पनि चिनियाँ पर्यटकको बढ्दो आगमनले पर्यटनमा अब ‘अफ सिजन’ हट्ने संकेत देखिन थालेको बताउँछन्। पोखरा पुग्ने अन्य मुलुकका पर्यटकमा करीब ६५–७० प्रतिशतले मात्र अल्ट्रालाइट उडान गर्ने भए पनि चिनियाँ पर्यटकको शतप्रतिशत संख्याले नै अल्ट्रालाइट चढ्ने गरेको उनको भनाइ छ।

पर्यटन उद्योगको उत्थानको आशानेपालमा चिनियाँ पर्यटकलाई कम खर्च गर्ने ‘बजेट टुरिस्ट’ मात्र मान्ने गरिन्छ र यो धारणा अहिले पनि फेरिइसकेको छैन। अहिले आएका चिनियाँ पर्यटक पनि व्यापारका निम्ति आएका ‘बजेट टुरिस्ट’ मात्र भएकाले धेरै उत्साहित हुनु नपर्ने कतिपय व्यवसायीको भनाइ छ। बेइजिङ, ग्वाङझाउ लगायत मुख्य चिनियाँ भूमिबाट आउने पर्यटकको संख्या वृद्धि भएमा मात्र पर्यटन व्यवसायको अवस्था फेरिने बताउँदै पर्यटन व्यवसायी प्रेम डंगोल भन्छन्, “अहिले त्यस्तो संकेत भने देखिन थालेको छ।”

पछिल्लो समय नेपालसँग सीमा जोडिएको तिब्बतसँगै बेइजिङ, ग्वाङझाउ जस्ता शहरबाट र हवाइमार्गबाट बढी पर्यटक भित्रिएको देखिन्छ। ग्वाङझाउसँग मात्र हवाई सम्पर्क हुँदा २०१२ मा नेपाल आउने चिनियाँ पर्यटकमध्ये ७५.१५ प्रतिशत अर्थात् ५४ हजार सात जना हवाई मार्गबाट आएकोमा अहिले कुन्मिङ र ल्हासासँग पनि हवाई सम्पर्क जोडिएकाले यो अनुपात अरू बढ्ने निश्चित छ।

पछिल्लो समय चिनियाँ पर्यटकहरूले बढी किनमेल गर्न र प्रशस्त सामान लैजान थालेका छन्। नेपाल आउने चिनियाँमा धेरै मध्यमवर्गका हुने भए पनि उनीहरू ब्राण्डमा सचेत हुने तथा सामान किन्दा धेरै बार्गेनिङ नगर्ने पर्यटन व्यवसायीको अनुभव छ। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष डीबी लिम्बू चीनबाट भीआईपी टुरिस्ट आएनन् भन्नुभन्दा थप पर्यटक भित्र्याउन लाग्नुपर्ने बताउँछन्।

अहिले आएका चिनियाँ पर्यटकमा धेरै बजेट टुरिस्ट भए पनि होटल, खानपिन र घुमघाममा खर्च गर्ने गरेको तथा उनीहरूलाई खर्च गराउन नेपालीले रणनीति बनाउनुपर्ने उनको भनाइ छ। ३–४ डलरमा होटलको कोठा उपलब्ध हुने भएकाले नै उनीहरूले सस्तो खोज्ने गरेको पनि उनको अनुभव छ। चिनियाँ पर्यटकलाई आकर्षित गर्न सक्दा पर्यटनको अफ सिजन हटाउन धेरै मद्दत पुग्ने पनि उनी बताउँछन्।

छैन राज्यको योगदान

केही वर्षदेखि चीनले नेपाललाई भ्रमण गन्तव्य सूचीको ९औं नम्बरमा राखेको छ। नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्नुको एउटा कारण यसलाई पनि मानिएको छ। भूगोल जोडिएको र अरूभन्दा कम खर्चिलो भएकाले पनि चिनियाँँ पर्यटकको रोजाइमा नेपाल परेको देखिन्छ। नेपाल–चीन जनस्तरको सम्बन्ध विस्तारमा लागेको ‘वर्ल्ड कल्चरल नेट’का अध्यक्ष दीपक सर्कार भन्छन्, “चीनका पर्यटन व्यवसायीहरूले गरेको प्रयासका कारण पनि नेपालमा चिनियाँ पर्यटक बढेका हुन्।” पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डका अधिकारीहरू पनि चिनियाँ पर्यटक बढ्नुमा सरकारको खासै योगदान नरहेको स्वीकार्छन्।

पर्यटन बोर्डले सन् २००१ देखि २००९ सम्म पर्यटन प्रवर्द्धनका लागि चीन केन्द्रित प्रचारप्रसार गरेको भए पनि अहिले केही गरेको छैन। बोर्डका एक अधिकारी भन्छन्, “चिनियाँहरूको आर्थिक स्तर वृद्धि हुनु, त्यहाँका पर्यटन व्यवसायीहरूले पहल गर्नु र नेपालसँग सीधा हवाई सेवा जोडिनुले चिनियाँ पर्यटकहरूको संख्या बढेको हो।”

चिनियाँँ पर्यटकलाई नेपालले ‘अन अराइभल भिसा’ दिने गरेकोमा पहिले चिनियाँ अध्यागमनले बेइजिङस्थित नेपाली दूतावास वा ल्हासास्थित नेपाली कन्सुलर कार्यालयबाट भिसा पाउने चिनियाँँलाई मात्र नेपाल भ्रमण गर्ने अनुमति दिन्थ्यो। तर, एक महीनाअघि चीनले आफ्ना नागरिकलाई ‘अन–अराइभल’ भिसामै नेपाल भ्रमण गर्न छूट दिनुले चिनियाँ पर्यटकको संख्या अरू बढ्ने पर्यटन व्यवसायीहरू बताउँछन्।

तर, आफैं आएका चिनियाँ पर्यटकलाई आकर्षित गर्ने राज्यको योजना देखिंदैन। पर्यटन प्रवर्द्धन गर्ने राज्यको प्रमुख निकाय नेपाल पर्यटन बोर्ड तीन वर्षभन्दा लामो समयदेखि निमित्त कार्यकारी रहेका सुवास निरौलालाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका कर्मचारी तथा शक्तिकेन्द्रको आडमा अडिएका उनको कारण महीनौंदेखि ठप्प छ। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस्का अध्यक्ष डीबी लिम्बू पर्यटन प्रवर्द्धनको जिम्मा लिएको राज्यको प्रमुख अंगमा यस्तो अवस्था हुनुले चिनियाँ पर्यटकको आगमनमा देखिएको उत्साहलाई नकारात्मक असर पार्न सक्ने बताउँछन्। लिम्बू भन्छन्, “हामीले केही गर्छौं भन्दा पनि सरकारको सहकार्य पाउन सकेका छैनौं।”

बेइजिङ, ग्वाङझाउ लगायत मुख्य चिनियाँ भूमिबाट आउने पर्यटकहरू धेरैजसो क्यासिनो जान चाहन्छन्। तर, नेपालमा अहिले क्यासिनोहरू बन्द छन्। बौद्धमार्गी चिनियाँहरू जान चाहने लुम्बिनी पुग्ने हवाई सेवा पनि सहज र पर्याप्त छैन। उनीहरू सुहाउँदो होटल–रेस्टुरेन्टहरू पनि पर्याप्त छैनन्। चिनियाँ पर्यटकका निम्ति भाषा जानेका गाइड समेत पर्याप्त छैनन्। पोखरा र लुम्बिनीमा त राम्रा चाइनिज रेस्टुरेन्ट समेत छैनन्। वर्ल्ड कल्चरल नेटका अध्यक्ष दीपक सर्कार भन्छन्, “हाम्रो पहिलो ध्यान पूर्वाधार विकासमा जानुपर्छ, हामीले पोखरा–कुन्मिङ शहरका व्यवसायीबीच मितेरी साइनो लगाएर यस्तो काम शुरू पनि गरेका छौं, तर यसका लागि सरकारकै पहल आवश्यक छ।”

————————————————————————————————————————————————-

चाइना टाउनको माग

करीब दुई दशकअघि चीनले नेपालको बनेपा वा भक्तपुरमा एउटा ‘स्याटेलाइट सिटी’ बनाइदिने प्रस्ताव ल्याएको थियो। तर, नेपाल सरकारले वास्ता गरेन। त्यहीबेला निजी स्तरबाट बनेपा र सिगात्से शहरबीच भगिनी सम्बन्ध स्थापित भयो। चिनियाँ पर्यटकको संख्या बढ्दै जाँदा अहिले चिनियाँ व्यापारीहरूले फेरि ‘चाइना टाउन’ को माग गर्न थालेका छन्। ठमेलको ज्याठा क्षेत्रमा बढेका चिनियाँ होटल, रेस्टुरेन्ट, ट्राभल सर्भिसलाई आधार बनाएर यस्तो माग हुन थालेको छ। “चाइना टाउन नामकरण नगरिए पनि त्यहाँको चमकधमकले ढिलोचाँडो त्यो चाइना टाउन नै बन्ने देखाउँछ” वर्ल्ड कल्चरल नेटका अध्यक्ष दीपक सर्कार भन्छन्।

सम्बन्धित समाचारः

लुम्बिनीमा ‘मिसन चिनियाँ’

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>