Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लुम्बिनीमा 'मिसन चिनियाँ' - Himalkhabar.com

थप समाचारशुक्रबार, आश्विन १०, २०७१

लुम्बिनीमा ‘मिसन चिनियाँ’

हिमालखबर

दीपक ज्ञवाली, लुम्बिनी

तस्वीरः दीपक ज्ञवाली

तस्वीरः दीपक ज्ञवाली

पछिल्लो समय चिनियाँ पर्यटक तान्न लुम्बिनीका पर्यटन व्यवसायीहरूले प्रयास थालेका छन्। एक अर्ब ३० करोड चिनियाँमध्ये ठूलो संख्यामा रहेका बौद्ध धर्मावलम्बीलाई बुद्धको जन्मभूमिमा ल्याउने उनीहरूको योजना छ। चिनियाँ पर्यटकको रोजाइका खानपान र बसाइ, स्तरीय सेवा र त्यस्तै व्यवहार गर्दा यस्तो हुनसक्ने उनीहरूको विश्वास छ।

लुम्बिनी क्षेत्रका पर्यटनविद् र व्यवसायीहरूले शुरू गरेको यो पहललाई लुम्बिनी विकास कोषका अधिकारीहरूले पनि सकारात्मक रूपमा लिएका छन्। नेपालमा चिनियाँ पर्यटकको सम्भाव्यता अध्ययन गरेका पर्यटनविद् डा. गितु गिरी भन्छन्, “चिनियाँ पर्यटकलाई नेपालमा सजिलै आकर्षण गर्न सकिने संभावना छ। त्यसो भएमा लुम्बिनीसँगै नेपालको पर्यटन क्षेत्रले नै फड्को मार्नेछ।”

लुम्बिनी आउने पर्यटकमा अहिले चीनको योगदान चौथो ठूलो छ। लुम्बिनीमा सन् २००३ मा ६२१ चिनियाँ पर्यटक आएकोमा २०१३ मा १३ हजार ५६१ आए। लुम्बिनीमा श्रीलंका, थाइल्याण्ड र म्यानमारका पर्यटक बढी आउँछन्।

भारतीय बाटो हुँदै आउने अरू मुलुकका पर्यटक त्यही दिन फर्किने गरेकोमा चिनियाँ पर्यटक धेरै दिन बस्ने तथा चिनियाँ पर्यटकहरूको समग्र बसाइ पनि पहिलेभन्दा लम्बिएको डा. गिरी बताउँछन्।

सरकार र स्थानीयले एकीकृत पहल गरेमा चिनियाँ पर्यटकको संख्या अरू बढ्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्बोको विश्वास छ। नेपाल―चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटा नेपालमा चिनियाँ पर्यटक बढ्दा दुई देशबीचको सम्बन्ध र नेपालको विकासमा पनि सहयोग पुग्ने बताउँछन्।

नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ५९ औं वर्षगाँठका अवसरमा केही समयअघि लुम्बिनीमा आयोजित ‘नेपालमा चिनियाँ पर्यटक’ विषयक कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छेंग चीले नेपालमा पूर्वाधार निर्माण, हाइड्रोपावर र कृषिमा चीनले लगानी बढाउने तथा त्यसले नेपालमा चिनियाँ पर्यटकहरूको आगमन पनि बढ्ने बताएका थिए।

सम्बन्धित समाचारः

पर्यटन उद्योगः उत्थानको आशा

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>