खेलकुदशुक्रबार, आश्विन १०, २०७१

बेलायतमा राष्ट्र

हिमालखबर

गोपाल गडतौला, झापा

झापा, सानो बाह्रघरेका राष्ट्र राई ब्रिटिश–गोर्खा पल्टनमा फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर थिए। सेवाबाट रिटायर्ड भएपछि उनले मेडिस्टोनमा खोलेको सगरमाथा डोजाङ अहिले ब्रिटिश तेक्वान्दो कन्ट्रोल बोर्ड र ब्रिटिश तेक्वोन्दो काउन्सिलमा आबद्ध छ। बेलायतभर १४ शाखा पुर्‍याएका डोजाङका गुरु राष्ट्र भन्छन्, “रहरले रोपेको सानो बिरुवा बढेर विशाल वृक्ष भयो।”

बेलायतमा राष्ट्र

भर्ती हुनुअघि उनी पश्चिम झापाका मावा, बक्राहा र रतुवा खोलाका बगरमा दौंतरीहरूलाई जम्मा गरेर तेक्वान्दो खेल्थे। प्रजातन्त्रका सेनानी मुगाधन राईका माइला छोरा उनलाई सन् १९८३ मा भर्ती भएपछि त्यही बगरको सीपले आर्मीमा तेक्वान्दो खेलाडी हुन सघायो।

पल्टन हङकङमा रहँदा उनी सन् १९८७ पछिको पाँच वर्ष लगातार नेशनल च्याम्पियन बने भने २००७ मा बेलायतको बर्मिङघममा भएको तेक्वान्दो विश्व च्याम्पियनसीपमा ७० केजी तौल समूहबाट ब्राउन मेडल जिते। तेक्वान्दोका पाँचौं डन उनी २०१२ को ब्रिटिश च्याम्पियनसीपका पनि ब्राउन मेडलिष्ट हुन्।

उनी नेपाल तेक्वान्दो एसोसिएसनसँग पुनः जोडिने प्रयासमा छन्। “खेलाडी र खेलप्रेमीहरूको संलग्नता तथा निगरानी नबढेसम्म देशको खेल क्षेत्र परिणाममुखी हुँदैन”, एसोसिएसनमा तदारुकताको अभाव हुँदा ६ वर्षअघि समन्वय बिग्रेको बताउँदै राष्ट्र भन्छन्, “हाम्रो नेपालले अरु देशबाट पनि सिक्दै अगाडि बढ्नुपर्छ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>