Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुस्साहसको रसिक वर्णन - Himalkhabar.com

ब्लगशुक्रबार, आश्विन १०, २०७१

दुस्साहसको रसिक वर्णन

आनन्द पी राई

चार हजार पन्ध्र दिनमा तेस्रो साइकलबाट दुई लाख २१ हजार किलोमीटर हुँइकिएर पृथ्वीलाई फन्को! त्यसपछि सगरमाथा विजय! प्रसिद्ध यात्री पुष्कर शाहले साइकलबाट विश्व चहारेको र सगरमाथा चढेको पुरानो समाचारलाई त्यो दुस्साहसिक यात्रा अवधिका विवरण समेत सार्वजनिक गरेर ताजा बनाएका छन्।

दुस्साहसको रसिक वर्णनदोलखाबाट भविष्य खोज्दै काठमाडौं झारेको एउटा ठिटोमा माइतीघरको भट्टी धाउँदा धाउँदै साइकलबाट विश्वभ्रमण गर्ने सनक चढ्छ। त्यो ‘पैसा न कौडी बजारतिर दौडी’ विचार सुन्दा साथीभाइहरू उसको दिमागी कलपुर्जामा गडबड भएको आशंका गर्छन्। हुन पनि, हातमा सुको छैन, एक करोड ७० लाखको योजना! र पनि, ठिटोले आफ्नो धुन छोड्दैन, स्रोत जुटाउन जुत्ताको तलुवा खियाउन थाल्छ। त्यसरी कुनै तरहले जुटेको साइकलमा नेपालको झण्डा हल्लाउँदै फिलिली नागढुंगाको ओरालो लागेको ‘पुष्करे’ मागी–मागी छोराको विवाह गर्दै १४९ देश छिचोलेर एक दिन क्रोएसियाको डेन्युव नदी किनारमा उभिन पुग्छ र ११ वर्षे विश्व साइकल यात्राको समापन गर्छ। त्यसरी प्रसिद्ध साइकल यात्री बनेका उनी नेपाल फर्केर सगरमाथातिर सोझिन्छन्। यो पुष्करयात्रा सकस, आतंक र बेखर्चीसँगै जीवनको रोमाञ्च र सफलताले भरिएको छ। पुष्करले यसको रोचक विवरण संसारलाई साढे पाँच फन्को नामको मोटो किताबबाट पाठकलाई दिएका छन्।

हालै बजारमा आएको पुस्तकका अनुसार, यात्राक्रममा पुष्कर अनेक पटक कालको चिसोपन अनुभव गर्छन्– कहिले भोक त कहिले लुटेराको छुरी र पेस्तोलबाट। जबर्जस्ती सहयात्री हुन आएका एक जना सन्कीबाट सातामा सय चोट खाएका उनी कतै स्नेहसिक्त नारीहरूको आतिथ्यमा रमाउँदै हिंड्छन् त कतै उन्मत्त तरुनीको अँगालोमा बाँधिंदै अगाडि बढ्छन्। कतै सम्भोगको लागि मानसिक रुपमा तयार हुँदाहुँदै जिल्लिन्छन् त कतै यौन दुर्व्यवहारको शिकार बन्छन्। कतै बाटोमा फालिएको सुन्तलाको बोक्रा र अर्काको बगैंचामा पसेर प्राण जोगाएका उनै पुष्कर कतै पाँचतारे होटलको परिकार छान्न पुग्छन्। सुनसान जंगल र खतरनाक सडक किनारको सुताइ त कति हो कति!

तस्वीरसहित १४७ शीर्षक समेटिएको यो ‘सेक्सिलो’ पुस्तकका पानाहरूले पाठकलाई कुत्कुत्याउँदै पुष्करको पछि–पछि दौडाउँछ। छोटा–छरिता आलेख मजाले मेलो सर्ने खालका छन्। स्थान, घटना वा विषय अनुसार आफ्नो राय दिन नचुक्ने लेखकले कहीं पनि आफूलाई विदूषक बनाएका छैनन्। खर्च जुटाउने बाध्यताले जापानमा अवैधानिक ढंगले एक महीना काम गरेकोमा उनी नजाती मान्छन्। ‘देशका लागि खेल्न’ जापान जाँदा हराउने नेपाली फूटबलरबारे उनी लेख्छन्– ‘…नानरोटीका लागि पीठोका मसिनो भकुण्डो बनाउँछन्।’ त्यस्ता शिक्षकप्रति उनको टिप्पणी छ– ‘…विद्यार्थीको कान उखेल्न पाप सम्झेर होक्कादोमा मूला उखेल्छन्।’ पुष्करले यत्रो किताब निकाल्दा पनि आफूलाई ‘महान्’ देखाउने वाक्यहरू नपार्नु अहिले चलेको चलन विपरीत छ। उनले एउटा लेखकको रुपमा आफूलाई ध्वस्त हुनबाट जोगाउने परिपक्वता/संयम देखाएका छन्।

पुष्करले आफूलाई नियात्राकारको रुपमा प्रस्तुत गर्न भूपेन्द्र खड्कालाई सह–लेखक छानेर पनि बुद्धि पुर्‍याएको किताबको पाना–पानामा देखिन्छ। भुक्तमानलाई समेत मस्ताना हिसाबले एकदमै निष्पि्कक्री, अनौपचारिक र रसिलो पारामा लेखिएको यो किताबभित्रको कमजोरी भनेको पुष्कर पुगेका देशबारे धेरै जानकारी नदिनु र कतिपय देश र समुदायप्रतिको असन्तुलित टिप्पणी हो। खास गरेर, निग्रो समुदायका नरनारीको हकमा ‘… यस्तै हुन् यी काले–कालीहरू’ भन्ने किसिमका वाक्यहरू परेका छन्। यसले वर्णनको मिठास नबिगारे पनि लेखकको सार्वजनिक शिष्टता बिगारेको छ। र पनि, किताब निकै पठनीय छ– धेरैका लागि ‘आइकन’ बनेको एउटा बैंसालुले आफ्नो करामतमाथि कत्ति अहंकार नगरी विनीत र रसिक शैलीमा लेखेकोले।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>