Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाँसुलीका कलाकार सम्मानित,चलचित्र महोत्सवलाई नगद - Himalkhabar.com

रमझमशुक्रबार, आश्विन १९, २०६९

बाँसुलीका कलाकार सम्मानित,चलचित्र महोत्सवलाई नगद

हिमालखबर

सम्मानीत भएपछि 'बाँसुली'का कलाकर्मी र अतिथी ।

महोत्सवका लागी अनलाईन मार्फत संकलित रकम हस्तान्तरण गरिदै।

कार्यक्रममा उपस्थित सहभागी।

यसका साथै २०-२१ असोजमा हुन लागेको लघु चलचित्र महोत्सव एकादेशमा का लागी न्यु नेपाली सिनेमाले अनलाईन मार्फत रु १ लाख ४३ हजार ५ सय रुपैया उठाएर हस्तान्तरण गरेको छ । काठमाण्डौं अन्तराष्ट्रिय पर्वतिय चलचित्र महोत्सवकि निर्देशक रम्यता लिम्बुले सो रकमको चेक हस्तानतरण गरे। यसरी कुनै चलचित्र महोत्सवका लागी अनलाईन मार्फत पैसा उठाईएको यो पहिलो पटक हो ।

सो कार्यक्रममा बोल्दै निर्देशक तुलसी घिमिरेले नयाँ पुस्ताका चलचित्रकर्मिहरुलाई स्थान दिईए मात्रै नेपाली चलचित्रले नयाँ फड्को मार्ने बताए। उनले भने ‘एक आध गर्दै बिल्कुलै फरक धारका नेपाली चलचित्र हरु बनिरहेका छन् यो साह्रैनै राम्रो कुरा हो,यो प्रकृया रोकिनु हुदैन ।’ यस्ता चलचित्रलाई मुल धारको चलचित्र हेर्ने बानी परेको दर्शकलाई खासै मन नपराएपनि न हडबडाईकन यस्ता चलचित्र बनाउन नछोड्नु पर्नेमा उनलेजोड दिए। उनले आफु नेपाली नागरीक नभएका कारण चलचित्र विकाश बोर्डको सल्लाहकारमै सिमित रहेको र अझ रमाईलो कुरा त सल्लाहकारको न त सल्लाह लिने गरेको न आफुले भनेका कुरा कहिले लागु हुन सकेको गुणासो गरेका थिए।

कार्यक्रममा आदि प्रोडक्सनका अध्यक्ष तथा चलचित्रकर्मी दिपक रौनियारले पछिल्लो समयमा बनेका केहि चलचित्रहरुले अन्तराष्ट्रिय बजार पाईरहेको कुरा नेपाली चलचित्रका लागी सुखद समाचार रहेको बताए । उनले पछिल्लो समयमा चलचित्रकर्मिहरुमा पुरानालाई सम्मान गर्ने र आफ्ना समकक्षीका कामलाई प्रशंसा गर्ने परिपाटी नरहेको टिप्पणि गरे। भने ‘अहिले हाम्रो समाज नकरात्मक सोचले भरिपुर्न छ र चलचित्र जगतमा त झन् यसले जरा गाडेको छ,’ एक अर्कालाई सम्मान गर्न सिक्नु पर्ने बताउँदै उनले भने ‘अनि मात्रै नेपाली चलचित्र मात्रै होईन सिँगो समाजलाई राम्ररी अगाडी लिएर जान सक्छौं ।’

कार्यक्रममा चलचित्र निर्देशक निश्चल बस्नेत, अशिफ शाह लगायत चलचित्रसर्मिहरु ऋचा शर्मा, कर्मा लगायतको उपस्थिति थियो । न्यु नेपाली सिनेमा, आदि प्रोडक्सन्स तथा अष्ट्रेलियामा रहेको वेबो क्रिएसनको सहकार्यमा नेपाली चलचित्रको उत्थानका लागी खडा भएको एउटा समुह भएको जानकारी दिइएको थियो।
तस्बीरहरु: ईश्वर रौनियर/ अनुशील

भेनिस अन्तराष्ट्रिय चलचित्र महोत्सव मा पुग्न सफल लघु चलचित्र बाँसुली का निर्देशक भिम भाम लगायत निर्माण टोली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>