खेलकुदशुक्रबार, आश्विन १०, २०७१
को–को परे डिभिजन थ्री क्रिकेट टोलीमा
मलेशियामा हुने आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि क्यानले १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो । क्यानले १० असोजमा घोषणा गरेको टोलीमा अधिकांश पुरानै अनुहार छन् ।
पारस खड्काको कप्तानीमा घोषणा गरिएको टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल छन् ।
टोलीमा शरद भेष्वाकर, शक्ति गौचन, बसन्त रेग्मी, सुवास खकुरेल, नरेश बुढाऐर, सोमपाल कामी, सागर पुन, मेहबुब आलम, अरिफ शेख, विनोद भण्डारी, अमृत भट्टराई र भुवन कार्की छन् । कार्की १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टीमका कप्तान समेत हुन् ।
६–१३ कात्तिकमा संचालन हुने प्रतियोगितामा नेपालीले सिङ्गापुर, मलेसिया, युगान्डा, अमेरिका र बर्मुडासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>