खेलकुदशनिबार, आश्विन ११, २०७१

नेपालले कुबेतलाई हरायो

हिमालखबर

एशियाली खेलकुदको क्रिकेटमा विजयी शुरुवात गरेको नेपालले कुबेतलाई ९ विकेटले हराएको हो । दक्षिण कोरियाको इन्चोनमा ११ असोज बिहान भएको खेलमा नेपालले १७ बलमै लक्ष्य भेट्टायो ।

जितका लागि नेपालले २१ रन मात्रै पाएको थियो । नेपाललाई जिताउने क्रममा सागर पुनले ९ रन बनाए । नटआउट रहँदै सुवास खकुरेलले ७ र विनोद भण्डारीले ५ रन जोडे ।

इन्टरनेट तस्वीर

इन्टरनेट तस्वीर

टस जितेर ब्याटिङ गरेको कुबेत १३.२ मै अलआउट भयो । २० रन मात्र बनाएको कुबेतलाई पहिलो ओभरबाट नै नेपाली बलरले दबाबमा राखेका थिए ।

पहिलो ओभरमै कुबेती खेलाडीलाई आउट गरेका सोमपाल कामीले तीन विकेट लिए । वसन्त रेग्मीले ३ र सागर पुनले २ विकेट झारे ।

नेपालले अब अर्को खेल १२ असोजमा माल्दिभ्ससँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>