खेलकुदआइतबार, आश्विन १२, २०७१
नेपाल एसियाड क्रिकेटको क्वाटरफाइनलमा
१२ असोजमा भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३४ बल बाँकी छँदै सात विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको माल्दिभ्सले १८.५ ओभरमा ५३ रन बनाउँदा सबै विकेट गुमायो ।
उसलाई सस्तैमा समेट्ने क्रममा सागर पुन, भुवन कार्की र शक्ति गौचनले समान २र२ विकेट लिए भने सोमपाल कामी र बसन्त रेग्मीले १र१ विकेट लिए ।
नेपालले १४.२ ओभरमा ३ विकेट गुमाएर आफ्नो लक्ष्य भेट्याएको हो । कप्तान पारस खड्का १५ रनमा आउट भए पनि ओपनर सुवार खकुरेलले ब्याटिङ समाले ।
उनले नटआउट ३९ बलमा एक छक्का र एक चौकाको मद्दतले २७ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुन एक/एक रनमा आउट भएका थिए । शरद भेषवाकरले नटआउट १६ बलमा ६ रन बनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
