थप समाचारआइतबार, आश्विन १२, २०७१
बजार पाएनन्, कारागारका उत्पादनले
सविता श्रेष्ठ, चितवन
यी काम गर्दा उनीहरूलाई समय काट्न सजिलो हुन्छ भने आर्थिक उपार्जन पनि हुन्छ ।
तिनैमध्येका एक मदारी महतोले जेलमा आर्थिक समूह नै निर्माण गरेका छन् । जसको लगानीमा निर्माण हुने पर्स, टोपी, सल बिक्रीको व्यवस्था पनि उनले नै मिलाउँदै आएका छन् ।
उनले जेन्ट्स पर्स सिलाउनेलाई रु.५० र लेडिज पर्स सिलाउनेलाई रु.६० ज्याला दिने गरेका छन् । आफू कारागारमा रहेकाले सामान बिक्री गर्न समस्या परेको बताउने उनका अनुसार, कालो टोपी, पछ्यौरा, पर्स धेरै बनाउँदा स्टक बस्ने गरेको छ ।
११ वर्षदेखि कारागारमा बन्दी रहेका चन्द्रप्रसाद थनेतले जेलमै हस्तकलाको सीप सिके । अहिले उनी अरू बन्दीकैदीलाई आफूले जानेको सीप सिकाउँछन् । समाजमा फर्केपछि आयआर्जन गर्न र पुनस्र्थापना हुन सजिलो होस् भनेर कैदीबन्दीलाई सीप सिकाएको उनको भनाइ छ ।
काम गरेर आफ्नो खर्च जुटाएको तथा कहिलेकाहीं घर पनि पठाउने गरेको बताउँदै उनी भन्छन्, “श्रीमतीलाई पहिले महीनैपिच्छे रु.६÷७ हजार पठाउने गरेकोमा अहिले बचत गर्न थालेको छु ।”
कारागारमा १० प्रतिशत नयाँ कैदीबन्दी हुने तथा १० प्रतिशत मेसमा लाग्नुपर्ने हुँदा ८० प्रतिशत आर्थिक क्रियाकलापमा सहभागी हुने थनेत बताउँछन् । कारागारमा बनेका सामान मेला–महोत्सव र प्रदर्शनीमा उत्कृष्ट ठहरिए पनि बिक्री हुन समस्या पर्ने उनको भनाइ छ ।
उनका अनुसार, व्यवसायीसँग सम्पर्क र समन्वय नभएकाले यस्तो भएको हो । “अर्डर आउने र सामान बिक्री हुने हो भने एक जनाले दैनिक रु.५०० सम्म कमाउने काम पाउँछ” थनेत भन्छन् ।
कारागार प्रमुख चोलाकान्त पोख्रेल कारागारमा रहेका ३९३ पुरुष कैदी–बन्दीमध्ये ३०० जना यस्ता काममा संलग्न रहेको बताउँछन् । “प्रायः सबैले सीपमूलक काम गर्छन्” पोखरेल भन्छन् ।