अर्थ/बजारआइतबार, आश्विन १२, २०७१
ऋण सम्झौतामा हस्ताक्षर
उक्त आयोजनामा लगानी गर्ने बैंक तथा प्रवद्र्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीबीच १२ असोजमा ऋण सम्झौतामा हस्ताक्षर भएको छ । ऋण सम्झौतामा बैंकका तर्फबाट प्रविन श्रेष्ठ र प्रवद्र्धकका तर्फबाट कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले हस्ताक्षर गरे ।
उक्त आयोजना चार अर्ब १० करोडमा बन्ने लागत अनुमान छ । यसमध्ये ७५ प्रतिशत कर्जा तथा २५ प्रतिशत प्रवद्र्धकले लगानी गर्ने भएका छन् । २३.५ मेगावाट क्षमताको यो आयोजना आगामी तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
