रमझममंगलबार, आश्विन १४, २०७१
मण्डलामा ‘मण्डे मूभी’

इरानी चलचित्र ‘द सङ अफ स्प्यारो’ प्रदर्शनपछि अन्तरक्रियाका सहभागीः निर्देशक निश्चल बस्नेत, समीक्षक यज्ञश र इरानी निर्देशक कोमेली (बायाँबाट क्रमशः)।
इरानी सिनेमा द सङ अफ स्प्यारो देखाएर २३ भदौदेखि शुरु गरिएको ‘मण्डे मूभी’ मा सिनेमा प्रदर्शनसँगै यस क्षेत्रसँग सम्बन्धित व्यक्ति, कलाकार र रुचि राख्नेहरुबीच अन्तरक्रिया पनि हुनेछ।
नाटकघरका अध्यक्ष रहेका अभिनेता दयाहाङ राईका अनुसार, यस्तो प्रदर्शन र छलफलले नेपाली सिनेमालाई फाइदा पुग्ने देखेर ‘मन्डे मूभी’ शुरु गरिएको हो।
राई भन्छन्, “एक महीनासम्म एउटै देशको बेग्लाबेग्लै फिल्म देखाउने गरी श्रृंखला शुरु गरिएको छ।”
यो श्रृंखलाको संयुक्त आयोजक नेपाल चलचित्र समीक्षक समाज, मण्डला नाटकघर र इन्डिजिनियस फिल्म अर्काइभ हुन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
