Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रातकी रानीहरु - Himalkhabar.com

ब्लगबिहीबार, आश्विन १६, २०७१

रातकी रानीहरु

तीर्थबहादुर श्रेष्ठ

रातमा ढकमक्क फुल्ने

पारिजातको फूल।

पारिजातको फूल।

रातकी रानी

दिनसँग किन डराउँछे?

उसको सुन्दर रूप हेर्न

उसको अस्तित्व आभासका निम्ति

म पनि रात बनिदिन्छु।

केवल एक रातको

लीला हेर्नका निम्ति

म स्वयं रात भएर पर्खिदिन्छु।

– सुलोचना मानन्धर

रातमा ढकमक्क फुल्ने रातकी रानीको अस्तित्व आभासका निम्ति र तिनका रातलीला हेर्न कवयित्री सुलोचना मानन्धर आफ्नो कविता संग्रह ‘रात’ भित्रको एक रात स्वयं रात बनेर पर्खिदिने इच्छा व्यक्त गर्नुहुन्छ। हाम्रोमा ३६५ दिनको एक वर्ष हुन्छ र त्यसमा ३६५ रात पनि पर्न आउँछ। ती रातहरू पनि ऋतुका फेरबदलसँगै बदलिरहन्छन्।

घामलाग्न शुरु भएपछि झरेका फूल।

घामलाग्न शुरु भएपछि झरेका फूल।

भर्खरै वर्षा ऋतुले विदा लिएर गएको छ। एकातिर खेती, किसानी र रोपाइँको चटारो सकिएको छ भने अर्कोतिर पहिरो र भेलको भय पनि छैन। शरद ऋतुले प्रवेश गरेको छ। शरदका रात सुवासिला हुन्छन्।

रातमा फुल्ने फूलहरू शरदलाई नै कुरेर बस्दछन्। आफ्ना वासनाले निशाचर जीवहरूलाई मोहित गरेर आफूतिर खिच्छन्। कीरा, फट्याङ्ग्रा, कीटपतङ्ग र कमिलादेखि चमेरोसम्म फूललाई परागसेचन गराउने काममा व्यस्त हुन्छन्।

परागसेचन र गर्भाधानपछि फूलहरू ओइलाउन थाल्छन्। फल लाग्ने र बीउ बन्ने क्रमको थालनी हुन्छ। वंश चलाउनु सृष्टिको नियम नै हो। रातमा महकाउने फूललाई विश्वभरि नै रातकी रानी भन्ने चलन छ। काठमाडौंको बाग–बगैंचामा फुल्ने कडा वासनाको हसना फूललाई रातकी रानी भनिन्छ। कवि शिरोमणि लेखनाथ पौड्याल शरदको वर्णनमा लेख्छन्–फुलेको हसना–रूप शरदको मन्द हास छ

जसमा बहुतै चर्को वासनाको विकास छ।

हसनाको चर्को वासले गर्दा यसलाई घरभित्र फुलाउँदैनन् पुष्पप्रेमीहरू। बगैंचाका विशेष स्थानमा यो बिरुवा रोपिन्छ। त्यहाँ

aa1

रातकी रानी हसना फूल ।

कीरा–फट्याङ्ग्रा मात्र हैन मानिस पनि लट्ठिन्छ। हाम्री रातकी रानी हसना रंग र आकारले भने हँसिला छैनन्। यसको फूल हल्का पहेंलो हुन्छ। झुप्पा झुप्पामा फुल्छ। रात नपरेसम्म कसैको आँखा पनि लाग्दैन। यसमा फल लागेपछि जुरेली र अरू पन्छीको चिरबिरले बिहानीलाई जगाइदिन्छ। स–साना नीला फलहरू चुत्रो जस्तो देखिन्छन्। त्यसमा विषादी हुन्छ र हामी खाँदैनौं, तर चराहरू मज्जाले खान्छन् र हसनाको बीउलाई यत्रतत्र बिष्ट्याएर जान्छन्। डाँडाकाँडा मात्र होइन, देश–महादेश आफ्नै सन्तानले ढाकून् भन्ने हसनाको रहर पूरा गर्न चरा–चुरुङ्गीहरूले मद्दत गर्दछन्।

मेक्सिको र क्यारेबियन क्षेत्रबाट विश्वको धेरै भागमा फैलन र फस्टाउन सफल हसना नेपालमा कहिले र कसरी आइपुग्यो, यकिन भइसकेको छैन। यो फूल राणा दरबारका बगैंचामा सय वर्ष भन्दा पहिले नै फुलिसकेको थियो। त्यसबेला अरबी नाम हसना नै प्रिय भयो। तसर्थ हसना हाम्री रातकी रानी हुन्। त्यसलाई वनस्पति विज्ञानले ‘सेस्ट्रम नोक्टरनम’ भन्ने संज्ञा दिइएको छ। रातमा फुल्ने भएकोले ‘नोक्टरनम’ शब्द चयन भएको हो। यो वनस्पति आलु, गोलभेंडा र भान्टाको परिवार ‘सोलानेसी’ भित्र पर्छ।

पारिजातको कथा

रातमा ढकमक्क फुल्ने र दिनसँग डराएर र्झ्ने फूललाई हामी पारिजात भन्दछौं। पौराणिककालदेखि नै पारिजात अनेकौं कथा र व्यथाका पात्रको रूपमा स्थापित छ। एउटा आख्यानमा सूर्यदेवसँग राजकुमारीको प्रेम हुन्छ। तर, सूर्यले तिरस्कार गरिदिंदा प्रेमको आवेगमा राजकुमारीले प्राण त्याग्छिन्।

रजनीगन्धा (सुगन्धराज)।

रजनीगन्धा (सुगन्धराज)।

उनको देहको अवशेषबाट एउटा वनस्पति उम्रन्छ र पारिजात बनेर फुल्छ। आफूलाई तिरस्कार गर्ने प्रेमीको अनुहार हेर्नुपर्ला भनेर पारिजातका फूलहरू सूर्योदयभन्दा अगावै झ्रिसक्छन्। पारिजातले वैज्ञानिक नाम पनि यो दुखान्त कथा सुहाउँदो नै पाएको छ। ल्याटिन शब्द संयोगमा तिनलाई ‘निक्टान्थस् आर्वो–टि्रस्’ भनिन्छ। ‘निक्ट’ले निशा, ‘एन्थस्’ले फूल, ‘आर्वोर’ले वृक्ष र ‘टि्रस्टिस्’ले दुःखमय भन्ने जनाउँछ। जाईजुही फूलका परिवार ‘ओलिएसी’ भित्र पर्ने हुनाले पारिजातलाई ‘नाइट ज्यास्मिन’ पनि भनिन्छ।

विभिन्न पौराणिक कथा अनुसार पारिजात सबै देवदेवीका प्रिय पुष्प हुन्। पारिजातलाई पाउन श्रीकृष्ण र इन्द्रदेवको संग्राम नै भएको पौराणिक प्रसंग पनि छ। पत्नी सत्यभामा र अर्की प्रियसी रुक्मिणीले पारिजात ल्याइदिन कर गर्दा श्रीकृष्णले सत्यभामाको बगैंचामा फूल फुल्ने र रुक्मिणीको बगैंचामा र्झ्ने गरी रोपिदिएको प्रसंग पनि छ। पारिजातको झ्रेकै फूल मात्र भगवानलाई चढाइन्छ। बोटबाट फूल टिप्ने काम हुँदैन।

काठमाडौंको परिवेशमा शरदलाई स्वागत गर्ने वनस्पतिमध्ये पारिजातको विशेष स्थान छ। त्यही बेला हामी इन्द्रजात्रा मनाउँछौं। काठमाडौंको इन्द्रजात्रा भनेको स्वर्गका राजा इन्द्रलाई डोरीले पाता कसेर बीच बजारमा ‘यो चोर हो’ भनी जात्रा गर्ने परम्परा हो। भनिन्छ, पारिजात चोर्न आउँदा समातिएका इन्द्र बन्दी बने। त्यो थाहा पाएर

विभिन्न रङका धतुरे फूल।

विभिन्न रङका धतुरे फूल।

इन्द्रकी आमाले पृथ्वी लोकमा आएर छोराको रिहाइ माग गर्न थालिन्। नगरवासीसँग उनको सम्झौता भयो। त्यस अनुरूप इन्द्रलाई स्वर्ग फर्काइदिने र त्यसको बदलामा काठमाडौंलाई कुहिरो उपहार दिने। शरदको कुहिरोले धानबाली पाक्न मद्दत गर्छ भन्ने जनविश्वास छ।

वनस्पति विज्ञान अनुसार पारिजात हाम्रो रैथाने वनस्पति हो। पाकिस्तान, भारत, भूटान लगायत दक्षिणपूर्वी थाइल्याण्डसम्म फैलिएको यो मझौला कदको वृक्ष हो। यो अग्लोमा १० मीटरसम्मको हुन्छ। छुँदा खाक्सी जस्तो खस्रो लाग्ने पारिजातका पात र्झ्दैनन्, फूल भने ज्यादै मुलायम र वासनादार हुन्छ। भुईंमा झ्रेको फूल हेर्दा कसैको नाकबाट खसेको सुनको भेट्नु भएको चाँदीको फुलीजस्तो देखिन्छ। पारिजातको फूल अनेकौं श्रृंगारमा उपयुक्त हुन्छ। भारतका विभिन्न ठाउँमा यसलाई हरसिंगार पनि भनिन्छ।

रजनीगन्धा र धतुरे

विभिन्न रङका धतुरे फूल।

विभिन्न रङका धतुरे फूल।

रातमा मगमगाउने फूलको कुरा गर्दा रजनीगन्धालाई बिर्सन मिल्दैन। यो फूल दिनसँग पनि डटेर बस्छ, तर सुवास भने रातलाई नै साँचेर राख्छ। यसलाई सुगन्धराज पनि भनिन्छ।

यसले अंग्रेजी नाम भने ‘ट्यूव रोज’ पाएको छ– गुलाबसँग कुनै साइनो नभए पनि। लामो भेट्नोमा थुपै्र फूल फुल्ने हुनाले वनस्पति नामकरण गर्दा ‘पोलिएन्थिस् ट्यूवरोसा’ भनिएको हो। बिरुवाको गानोलाई ‘ट्यूवर’ भनिन्छ।

गानोबाट फुल्ने हुनाले ‘ट्यूवरोज’ भनिएको हुनुपर्छ। यो लिली परिवारको वनस्पति हो। दूध झैं सेतो, सुवासिलो र हत्तपत्त नओइलाउने भएकोले फूल गुच्छा बनाउँदा यो टिकाउ र ज्यादै शोभायमान हुन्छ।

रजनीगन्धालाई बगैंचा वा गमलामा सजिलै हुर्काउन सकिन्छ। यो कहाँको रैथाने हो भन्ने यकिन छैन, हुर्कन भने विश्वका सबै कुनाकाप्चामा पाएको छ।

रजनीगन्धा जस्तै रात परेपछि महकिने अर्को फूल हो– धतुरे। काठमाडौंका बारी, बगैंचा र नदी किनारहरूमा झाङ्गिएको बिरुवामा विगुल आकारका सेतो र कहिलेकाहीं पहेंलो वा गुलाबी रंगका ठूल्ठूला फूल देखिन्छन्।

काठमाडौंमा यति ठूलो (झ्ण्डै एक फुट लामो) फूल विरलै भेटिन्छ। लालुपातेको बोट झैं झाङ्गिने तीन/चार मीटर अग्लो बिरुवामा मुन्टो तल पारेर लटरम्म सजिएको धतुरे फूल टाढैबाट सलक्क देखिन्छ। रात परेपछि तिनलाई नाकैले ठम्याउँछ।

अंग्रेजीमा यसलाई ‘एन्जल्स ट्रम्पेट’ भनिन्छ। धतुरो परिवारको यो फूल र यसका पातमा विषादी तत्व हुने हुनाले केटाकेटीलाई खेलाउन दिनुहुँदैन। यसको लठ्याउने वासनामा धेरै बेर बस्न पनि सकिंदैन।

चन्द्रकली पनि

चन्द्रको चाँदले भिजेर फुल्ने निशापुष्पहरू विश्वमा यत्रतत्र पाइन्छन्, तर मरुभूमिको कुरै बेग्लै।

विभिन्न रङका धतुरे फूल।

विभिन्न रङका धतुरे फूल।

त्यहाँ दिनको गर्मी छल्न र पानीको बचाउ गर्न क्याक्टसहरू रातमा फुल्छन् र थोरै समयभित्रै प्रजनन् क्रीडा सम्पन्न गरेर ओइलाइहाल्छन्। कुनै क्याक्टस त मात्र एक रातकी रानी हुन्छे– वर्षभरिमा जम्मा एक रात फुल्ने।

त्यस क्याक्टसलाई रातको राजकुमार पनि भनिंदो रहेछ।

कसैले भने चन्द्रकली भन्न मन पराउँदो रहेछ। विभिन्न नामलाई एकीकरण गर्ने वैज्ञानिक नामले त्यसलाई ‘सेरेनिसेरस ग्राण्डीफ्लोरस’ भन्ने संज्ञा स्थापित गरिदिएको छ। चन्द्रकली क्याक्टस पनि मेक्सिको, मध्यअमेरिकी क्षेत्रका मरुभूमि र अन्य सुक्खा क्षेत्रमा पाइन्छ। यसलाई विश्वभरका बगैंचामा स्याहारका साथ फुलाउने गरिन्छ।

रातमा फुल्ने फूलहरूले विश्वका विभिन्न स्थानमा भाषा अनुसार नाम पाएका छन्। आजभोलिको ‘गुगल’ जमानामा ती

रातमा फुल्ने क्याक्टस ।

रातमा फुल्ने क्याक्टस ।

जानकारी कोठैमा आइपुग्छन्। तिनलाई पछ्याउँदा विश्वप्रसिद्ध संगीतकार मोजार्टको ओपेरा (सन् १७९१) देखि बिट्ने हाउस्टनको गाना (सन् १९९३) सम्म रातकी रानी संगीतको विषयवस्तु बनेको पाइन्छ।

रातकी रानीहरूले फिल्मी जगतलाई पनि उत्तिकै प्रभावित पारेको छ। यो वर्ष (२०१४) पनि क्यानडामा रातकी रानी फिल्म बनेको जानकारी पाइएको छ।

रातमा फुल्ने फूलहरूले मानव भावना, कल्पना र वासनालाई टाढा टाढासम्म नयाँ–नयाँ उँचाइमा पुर्‍याउने काम गर्दछ। यो वर्षको नवरात्रिको प्रत्येक रातले नेपालीमा नयाँ सुवास थपोस्, सबैको जीवन मगमगाओस्, शुभकामना!

 

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>