रमझमशनिबार, आश्विन १८, २०७१

अब निर्देशन

सइन्द्र राई

फरक धारका फिल्मका सदावहार नायक प्रेम सुब्बा अभिनीत फिल्म ‘निशानी’ देशभर प्रदर्शनमा छ। सन् १९९९ को कार्गिल लडाईंमा वीरगति पाएका भारतीय गोर्खा सैनिकको कथामा आधारित यो फिल्ममा सुब्बा मुख्य भूमिकामा छन्। तीन दशकदेखि अभिनयमा रहेका उनी धेरैजसो धरान बस्छन्। सुब्बा भन्छन्, “अरुलाई जस्तो प्रचारमा कुद्नु नपर्ने हुनाले काठमाडौंकेन्द्रित नहुँदा पनि चलेकै छ।”

‘अनाम नाट्य जमात’ को संस्थापक पूर्वाञ्चल सचिव रहेका सुब्बाnumaphung २०४२ देखि २०४९ सम्म रंगमञ्चमा जमे। त्यसपछि फिल्म र टेलिफिल्मतिर लागेका उनले ‘देउमाईको किनारमा’, ‘बलिदान’ ‘नुमाफुङ’ लगायतका राजनीतिक र फरक धारका फिल्महरुमा उम्दा गरे। ‘नुमाफुङ’, ‘छेसुङ’ लगायत लिम्बू संस्कृतिमा आधारित २० भन्दा बढी फिल्म खेलेका सुब्बाले यसबीचमा ‘दशगजा’, ‘आवाज’ जस्ता राजनीतिक विषयवस्तुका फिल्महरुमा पनि काम गरे।

उनले २००७ सालयताका त्यस्ता थुप्रै ऐतिहासिक पात्रहरुको भूमिका गरे, जसलाई देशले राम्ररी चिन्छ। उनको अभिनयले ती चरित्रहरुमाथि पर्याप्त न्याय गरेको छ। यसबाट सुब्बा स्टार नबने पनि समाजमा ऐतिहासिक पात्रहरुको छवि थप उज्यालिएको छ।

आफूले वाह्वाह् लुट्न र स्टार बन्न अभिनय नगरेको बताउने उनी अब भने निर्देशनको दौड शुरु गर्ने सुरमा छन्। तुलसी घिमिरेदेखि नवीन सुब्बासम्मका निर्देशकहरुसँग काम गरेका उनलाई भित्तामा टाँसिएका पोस्टर भन्दा चाँडो दर्शकको मनबाट हट्ने फिल्मको बाढी देखेर निर्देशनको सुर चलेको हो। उनी भन्छन्, “बजारका औसतभन्दा राम्रो फिल्म बनाउने योजनामा छु।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>