थप समाचारसोमबार, आश्विन २०, २०७१

खस्किंदै पब्लिक क्याम्पस

हिमालखबर

-गोपाल गडतौला, झापा

gनले उपदानसहित क्याम्पसबाट पाउनुपर्ने रु.२५ लाखमा रु.१० लाख बाँकी रहेको रकम क्रियाकर्म सकिंदा पनि क्याम्पसले परिवारलाई दिएको छैन। क्याम्पस प्रमुख सन्त भगत भन्छन्, “उहाँले अझै रु.१० लाख पाउनुपर्ने भए पनि त्यो तिर्न सक्ने स्रोत क्याम्पससँग अहिले छैन।”

दमक क्याम्पसका प्राध्यापक सुशील निरौला डेढ वर्षअघि सेवानिवृत्त भएकोमा क्याम्पसले उपदान रकम दिन नसकेपछि क्याम्पसको अनुरोधमा उनले दुई वर्ष करारमा पढाउनु पर्‍यो। तर, ६ महीनापछि क्याम्पस छोड्दा पनि उनलाई रु.१४ लाख दिन क्याम्पससँग स्रोत छैन। ६० प्राध्यापक र २७ कर्मचारी रहेको पश्चिम झ्ापाको ठूलो शैक्षिक प्रतिष्ठान हिजोआज प्राध्यापक र कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने स्थितिमा छ।

वार्षिक रु.३ करोड १० लाख तलब र रु.२ करोड प्रशासनिक खर्च रहेको बताउने क्याम्पस प्रमुख तथा सञ्चालक समितिका सदस्यसचिव भगत आफैंले पनि दशैंको मुखमा चार महीनाअघिको मात्र तलब बुझे। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शैक्षिक गुणस्तर विकास सम्बन्धी सेप परियोजना चलेकाले खर्च बढेको क्याम्पस स्रोत बताउँछ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन नपाएको अर्को पश्चिम दक्षिण झ्ापाको गौरीगञ्ज बहुमुखी क्याम्पसको मासिक खर्च रु.१ लाख ८० हजार छ। तर २०७ विद्यार्थी भएको क्याम्पसको महीनामारी शुल्क रु.६० हजारभन्दा बढी उठ्दैन। क्याम्पसप्रमुख सर्वतलाल राजवंशी विद्यार्थीको शुल्कबाहेक अरू आयस्ता नभएको बताउँछन्। विद्यार्थी घटेकाले भारतीय दूतावासको रु.६७ लाख सहयोगमा २०६० सालमा बनेको २१ कोठे भवनका पाँचवटा कोठा नखोलेको वर्षौ भयो। पश्चिम दक्षिण झापाका गौरीगञ्ज, खजुरगाछी, कोहबरा, महाभारा, जुरोपानी र पूर्वदक्षिण मोरङका सिजुवा, महादेवा, झुर्किया लगायत गाविसका एकदर्जन माध्यमिक र उच्च माध्यमिक विद्यालयको अवस्था पनि उस्तै छ।

बोझिलो मानविकी

२ असोजमा त्रिविविका उपकुलपति हीराबहादुर महर्जनले झापाको मेची बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै बेरोजगार उत्पादन गर्ने कारखाना भनेर त्रिविविको आलोचना हुने गरेको बताए। दमक क्याम्पसमा यो वर्ष उच्च माविमा मानविकीतर्फ जम्मा १६ जना विद्यार्थी भर्ना भएका छन्।

तिनलाई ८ प्राध्यापकले पढाउने छन्। प्राध्यापकहरूको तलब र प्रशासनिक खर्चमा वार्षिक रु.२० लाख लाग्छ भने रु.३ लाख मात्र शुल्क उठ्छ। यो क्याम्पसमा ११ कक्षाको मानविकीमा २०६७ मा ७५, २०६८ मा ४१, २०६९ मा २१, २०७० मा १८ र २०७१ मा ११ जना विद्यार्थी भर्ना भएका थिए।

तीमध्ये २०६७ मा २१, २०६८ मा १२, २०६९ मा तीन र २०७० मा तीन जना विद्यार्थी उत्तीर्ण भए। यसले मानविकी संकायप्रति विद्यार्थीको बढ्दो अरुचि देखाउँछ। गौरादह बहुमुखी क्याम्पसले भने विद्यार्थीको रुचि नदेखेपछि २०६८ सालदेखि मानविकीको उच्चमावि पढाइ स्थगित गरेको छ। पूरै संकायमा ३० भन्दा कम विद्यार्थी भर्ना हुनथालेकाले स्थगित गरिएको क्याम्पस प्रमुख हिन्द दाहाल बताउँछन्।

गौरादहमा पनि तलब कम

गौरादह बहुमुखी क्याम्पसमा प्राध्यापक र कर्मचारीले त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नदिंदासम्म गच्छेले भ्याउने मात्र पारिश्रमिक लिने निर्णय गरेका छन्।

पब्लिक क्याम्पसमा तलब लगायतका सुविधा त्रिविविका आंगिक क्याम्पस जति नै लिन थालेपछि पब्लिक क्याम्पस कंगाल बनेकाले यस्तो गरिएको हो। १९ प्राध्यापक र ८ कर्मचारी रहेको यो क्याम्पसको सञ्चालनमा मासिक रु.५ लाख चाहिन्छ।

अढाइसय विद्यार्थीबाट उठ्ने शुल्क, तीन बिघा १५ कट्ठाको पोखरीको माछा र अढाइ बिघा जमीनको धान बेचेर तथा त्रिविविले दिने वार्षिक रु.७ लाख अनुदानले खर्च धानेको क्याम्पस प्रमुख दाहाल बताउँछन्। जिविसले वार्षिक रु.२ लाख र गाविसले रु.१ लाख सहयोग दिने गरेकोमा एक वर्षदेखि दिन छाडेका छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...