रमझमसोमबार, आश्विन २७, २०७१

‘अबको मिशन गोल्डमेडल’

हिमालखबर

bimएशियाडमा पदक पाएपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?

एशियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाउन पाउँदा एकदम खुशी लागेको छ । साथीभाइ र मान्यजनहरुले पनि धेरै नै खुशी व्यक्त गर्नुभएको छ ।

तपाइँको खेल जीवनमा यसले कस्तो प्रभाव पार्छ ?

काँस्य पदक जितेर मात्र हँुदैन, अब स्वर्ण पदक जित्नुपर्छ भन्ने लागेको छ । त्यसका लागि झन् मिहिनेत गर्नुपर्छ । अब मेरो ध्यान त्यतै केन्द्रित हुनेछ ।

छनोट समितिले नामै नराखेको अवस्थामा के आधारमा तयारीमा लाग्नुभएको थियो ?

गुरु धु्रव मल्लले मलाई ट्रेनिङ दिनुभएको हो । एशियाडमा औपचारिक रुपमा भाग लिएकी चञ्चला दनुवार छनोट चरणमा मसँग पराजित भएकी थिइन् । त्यसैले, मेरा गुरु ध्रुव मल्लले तिमीले नै खेल्नुपर्छ भनेर मलाई हौसला दिनुभयो, म तयारीमा लाग्नुको कारण पनि त्यही हो ।

के गर्ने हो भने नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्लान् भन्ने लाग्छ ?

एशियाडमा जानेबारे जसरी विवाद भयो, त्यसले नराम्रो सन्देश गएको छ । यस्तो विवादले खेलाडीको मनोबल कमजोर बनाउँछ । त्यसकारण खेलाडीको मनोबल बढाउन सरकार र सरोकारवाला निकाय लाग्नुपर्छ । त्यसो हुँदामात्र खेलाडीले प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्छन् ।

जितेर आएपछि मोडलिङ र विज्ञापनमा कत्तिको अफर आएको छ ?

त्यस्तो अफर आए पनि म स्वीकार्दिन । मेरो ध्यान खेलकूदमै केन्द्रित हुनेछ । खेलकूदको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु मेरो मूल ध्येय हुनेछ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>